पाल्पाको भुतखोलामा डुबेर एक युवकको मृत्यु

पाल्पा । पाल्पाको भुतखोलामा घुम्न गएका रुपन्देहीका २२ वर्षीय युवकको डुबेर मृत्यु भएको छ।

मंगलबार बिहान तिनाउ गाउँपालिका वडा नं. ३ भुतखोलामा डुबेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं। ९ का विमल आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए।

आचार्य भैरहवाकै साथी युना दाहालसँग पाल्पामा घुम्न गएका थिए । भुतखोलामा उनीहरू दुबै जना पुगेको प्रहरीले जनाएको छ।

डिएसपी श्रेष्ठका अनुसार आचार्य र दाहाल दुबै जनाको उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउँदा चिकित्सकले आचार्यलाई मृत घोषणा गरेको थियो।

दाहालको बुटवल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। बुटवलदेखि ६ किलोमिटर दुरीमा रहेको भुतखोलामा घुम्न जाने कैयौं युवाहरूको हरेक वर्ष डुबेर मृत्यु हुने गरेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?