बुटवल । बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थितमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको ज्यान गएको छ ।
लु.१ ख ५८६९ नम्बरको बस र लु.८१ प ८०६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बुटवल उपमहानगरपालिका–१३ बस्ने ३८ वर्षीय नारायण सापकोटाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका सापकोटाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धाना गरी रहेको छ ।













