खड्गदेवी युवा क्लबको छैटौँ वार्षिकोत्सवको अवसरमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बागलुङ । खड्गदेवी युवा क्लव मुसिकोट नगरपालिका २ मुसिकोट रातचौर गुल्मीको छैठौं बार्षिकोत्सवको अवसरमा खुल्ला भलिबल तथा रेकर्ड डान्स प्रतियोगिता कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

त्यस्तै सोही अवसरमा खुल्ला वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता तर्फ रेस्क्यु युवा क्लव मुसिकोट नगरपालिका २ मुसिकोट भर्जुवा गुल्मीले नगद २५ हजार सहित मेडल र सम्मान पत्र सहित प्रथम पुरस्कारको उपाधी हात पारेको थियोे । भने जन जागृति युवा क्लब मुसिकोट नगरपालिका ६ गुरूजाङ गुल्मीले नगद १५ हजार सहित मेडल र सम्मान पत्र सहित द्वितीय पुरस्कारको उपाधी हात पारेको थियो ।

त्यस्तै खुल्ला रेकर्ड डान्स प्रतियोगिता तर्फ आयोजक खड्गदेवी युवा क्लव समुह ए मुसिकोट नगरपालिका २ मुसिकोट राताचौर प्रथम, अञ्जली काउचा बडिगाड बागलुङको समुह द्वितीय भएको छ । त्यस्तै रेस्क्यु युवा क्लव मुसिकोट नगरपालिका २ मुसिकोट भर्जुवा गुल्मी तृतीय भएको छ । कार्यक्रममा क्लवलाई आर्थिक सहयोग गर्ने चन्दादाता,कलाकार, खेलाडी लगायत क्लवलाई सहयोग पुर्‍याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियोे ।
त्यस्तै कार्यक्रममा राष्ट्रिय कलाकार ओम सेन्चुरी,सम्झना रणपाल, कमल बराल लगायत स्थानीय कलाकारहरूले सांस्कृतिक प्रस्तुती रहेका थिए ।

सोही अवसरमा मुसिकोट नगरकार्य पालिका सदस्य सागर नेपाली,मुसिकोट नगरपालिका वडा नं. २ गुल्मीका वडा सदस्य देब बहादुर रायमाझी, मुसिकोट नगरपालिका वडा नं. २ गुल्मीका पुर्व वडा सदस्य नर बहादुर खत्री, वामी प्रहरी चौकीका प्रमुख बरिस्ठ सही लक्षमण विश्वकर्मा, जिटिभी नेपाल अनलाइन सुचना केन्द्र प्रा. लि. का अध्यक्ष दिपक नेपाली, सिर्जनशिल युवा क्लव मुसिकोट नगरपालिका १ थामडाडाका गुल्मीका पुर्व अध्यक्ष भिम पाण्डे, मुसिकोट युवा क्लव मुसिकोट नगरपालिकाका अध्यक्ष बसन्त अधिकारी, तुफान परिकल्पना युवा क्लवका अध्यक्ष महेन्द्र घिमिरे, क्लवका सचिव रोशनसिह ठकुरी, समाजसेवी कृष्णप्रसाद खरेल लगायत सञ्चारकर्मी, चन्दादाता, समाजसेवीहरूको विशेष उपस्थिति रहेको थियो ।

No description available.

कार्यक्रम खड्गदेवी युवा क्लब मुसिकोट नगरपालिका २ मुसिकोट रातचौर गुल्मीका अध्यक्ष रबिन्द्र केसीको अध्यक्षता तथा बरिस्ठ चन्दादाता एवम् समाजसेवी दधिराम घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम क्लवका उपाध्यक्ष रामप्रसाद आचार्यको स्वागत मन्तव्यसगै शुरू भएको कार्यक्रमको सञ्चालनमा भने मुसिकोट युवा क्लवका महासचिव बिष्णु प्रसाद आचार्यले गरेका थिए । कार्यक्रम गत मंसिर १ गते देखि शुरू भएको कार्यक्रमको आइतबार सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कौरव खत्री
लेखकको बारेमा

कौरव खत्री

खत्री समाचारपाेष्टका गुल्मी संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?