नेपाली समाजमा जात व्यवस्था कहिलेसम्म ?

केहिँ समय अघिसम्म जातको बारेमा थाहाँ नपाएर राम्रोसँग बोल्ने र व्यवहार गर्नेहरु, जब दलित हु भनेर परिचय दिने बित्तिकै छेपारोले रङ फेरे जस्तै गरेर फरक व्यवहार गर्दछन् ।

आखिर थरमा के छ र त्यस्तो ? कुन तत्व सक्रिय भएर लागेको छ र त्यसमा ? र यो कहिलेसम्मको लागि हो ? मानिसमानिस बिचमा पनि विभेद हुनुपर्ने ? यसको अन्त्य कहिले होला ?

मानव समुदायको उत्पत्ति इतिहास हेर्दा एकै छ । सबै मानिस एकै प्रक्रियाले जन्मन्छ र मृत्युबरण गर्छ । मानव उत्पत्तिको इतिहास समान भएता पनि समयको क्रमसँगै मानव मानवमा विभेद उत्पन्न भएको छ । कुनै समय कानुनी मान्यता नै दिएर एउटा वर्गले अर्की वर्गलाई होच्याउने, गिच्याउने, तल पार्ने सस्कृतिको सुरुवात भयो । त्यहीँ सँस्कृति समाजमा व्याप्त रहयो । र त्यही सँस्कृति अझैपनि हाम्रो समाजमा व्यापक रुपमा जरो गाडेर बसिरहेको छ । जो हामी प्रत्यक्ष रुपमा अनुभुति गर्न सक्छौँ ।

जातिय रुपमा गरिने भेदभावको कहालीलाग्दो इतिहास जिवित छ नेपालमा । वर्तमान अवस्था नै हेर्यौ भने पनि डरलाग्दो अवस्था छ । अझ इतिहास कस्तो होला ? वर्तमान अवस्थालाई हेर्न चाहने हो भने केही वर्ष अगाडी मात्र रुकुममा घटेको घटना ताजै छ, त्यस घटनालाई सम्झेर पनि नेपालमा जात व्यवस्थाको क्रुर रुप पहिल्याउन सकिन्छ । अझ इतिहासलाई हेर्ने हो भने सोच्नै नसकिने घटनाहरु रहेका छन् । यि व्यवस्था वर्तमान परिस्थितिसँग रहिरहनु कति दुःखद कुरा होला ? यो सँस्कार नयाँ पुस्तामा पनि देखिनु झन अझ दुःख लाग्दो कुरा हुनुपर्छ ।

विभिन्न ठाउँहरुमा जादा विभिन्न मान्छेहरुसँग भेटघाट हुन्छ । भेटघाटको क्रममा परिचय गर्दा विश्वकर्मा भनेर थर बताउछु । थर विश्वकर्मा बताउदा बित्तिकै कोही अचम्मित हुन्छन् । अनि भन्छन्,“हजुर त कस्तो बाहुन, क्षेत्री जस्तो अनुहार परेको विश्वकर्मा त होइन होला ?” के अनुहारले पनि कुन जात भनेर चिनाउछ र ?

जात व्यवस्था रहिरहनुको कारणः

जात व्यवस्था अन्त्यको लागि पछिल्लो समय धेरै संङ्घर्षहरु भएको छन् । मानव मानव बिचको विभेद अन्त्यका लागि अधिकारकर्मीहरु निरत्तर लागि परिहेका छन् । त्यसकै फलस्वरुप समाज केही परिवर्तनको दिशामा बढेको हामी देख्न सक्छौँ । विशेषः जात व्यवस्था मुक्तिका लागि गैरदलित समुदायको चेतनामा परिवर्तन आउन जरुरी छ । उनीहरुले पनि जात व्यवस्थाको कारण दलित समुदायले भोगिरहेको समस्या महसुश गर्न जरुरी छ । जबसम्म गैरदलित समुदायमा पनि यि सब गलत गरिरहेका छौँ भन्ने चेतनाको विकास हुदैन तबसम्म परिवर्तन भन्ने कुरा असम्भव छ । समाज परिवर्तनको लागि पहिले आफु परिवर्तन हुन जरुरी छ । त्यसपछि सिङ्गो समाज विभेद आफुपनि नगर्ने र अरुले गरेमा पनि नसहने वा अरुलाई पनि गर्न नदिने र अरुले गरेमा पनि नसहने वा अरुलाई पनि गर्न नदिने अभ्यास बढाउनु पर्छ ।

नेपाली समाजमा जरा गाडेर बसेको जात व्यवस्थाको अन्त्यको लागि स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारले पनि महत्वपुर्ण भूमिका निर्वाह गर्न जरुरी छ । अन्तरजातिय विवाहलाई सरकारले प्रोत्साहन गर्ने कार्यक्रम अगाडी बढाउनुपर्छ । सबै समुदाय र जातका मानिसलाई घुलमिल हुने संस्कार बढाउनु पर्छ । विभेदको जरो समाजमै गासिएकोले समाजबाटै रुपान्तरण थाल्नुपर्छ । जातीय व्यवस्थाको अन्त्यको लागि सरकारले मात्र नभई समाजमा गठित विभिन्न संघसस्थाको भूमिका पनि महत्वपुर्ण रहने गर्दछ । जातीय व्यवस्थाको विरुद्धमा समाजमा गठित संस्थाहरुले पनि समाज रुपान्तरण सम्बन्धि जनचेतना मूलक कार्यक्रम गर्न जरुरी छ । समाजका एक समुदाय र अर्को समुदाय र एक जात र अर्को जात विचको विभेदको अन्त्यको लागि घुलमिल हुने संस्कारको विकास हुन जरुरी छ ।

दलितहरु नै संगठित नहुनु जात व्यस्थाको मुख्य समस्याः

दलितहरु नै संगठित नहुनु जात व्यस्थाको मुख्य समस्याको रुपमा पनि लिन सकिन्छ । किनकी दलित भित्रपनि धेरै जातिहरु समावेश छ । दलित समुदायमै पनि एकआपसमा सहयोगी, सहकार्य, मेलमिलाप हुन सकेको छैन् । यसकारणले पनि जात व्यवस्थाको अन्त्य नहुनुमा बाधा बनिरहेको छ । जात व्यवस्थाको अन्त्यको लागि दलित समुदाय नै एकजुट भएर नलाग्दाले पनि जात व्यवस्थाको अन्त्य हुनमा समस्या चुलिएको छ ।

दलित समुदायमा जातको विभाजन भई विभेद हुन एक समस्याको रुपमा लिन सकिन्छ । जसले गर्दा दलितहरु आफै सक्रिय भएर आवाज नउठाउँनुले छुवाछुतको समस्या थप चुलिएको हो जस्तो लाग्छ । त्यसकारण जात व्यवस्थाको अन्त्यको लागि दलित समुदा सर्व प्रथम एक ठाउँमा भएर आवाज उठाउन जरुरी छ । र यस्तो गर्नु आवश्यक देखिन्छ ।

जात व्यवस्था सम्बन्धि वर्तमान कानुनः

नेपालको संविधान २०७२ को धारा २५५ ले राष्ट्रिय दलित आयोगको व्यवस्था गरेको छ । दलित आयोगले दलित समुदायको समग्र स्थितिको अध्ययन गर्दछ । जातीय छुवाछुत, उत्पीडन र विभेदको अन्त्यको लागि काम गर्दछ । दलित उत्थान र हिटसँग सम्बन्धित कानुनको प्रभावकारी कार्यन्वयको सम्बन्धमा आवश्यक अनुसन्धान गर्दछ । यि बाहेक मानव अधिकारसँग सम्बन्धित थुप्रै कुराहरुको व्यवस्था गरिएको छ ।

त्यस्तै संविधानको भाग ३ मा मौलिक हकको रुपमा धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हक र धारा ४० मा दलितकी हकको रुपमा उल्लेख गरिएको छ । संविधानको धारा २४ मा कुनैपनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारिरीक अवस्थाको आधारमा गरिएको सबै प्रकारका छुवाछुत तथा भेदभावजन्य कार्य गम्भिर सामाजिक अपराधको रुपमा दण्डणीय हुने र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने उल्लेख छ ।

भने धारा ४० मा दलितको हक अन्तर्गत राज्यको सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तकी आधारमा सहभागी हुने व्यस्था हुनुका साथै दलित समुदायलाई प्राथमिक तहदेखि उच्चशिक्षा सम्म छात्रवृत्ति सहित निःशुल्क शिक्षा पाउने भनि उल्लेख छ । संविधानमा छुवाछुत तथा विभेद गैरकानुनी भनी उल्लेख गरेता पनि नेपाली समाजमा यसको यसको व्यापक रुपमा रहिरहनु दयनीय कुरा हो ।

कसरी सुरु भयो जात व्यवस्था नेपालमाः

नेपालमा जातीय विभेदको सुरुवात कहिले र कसरी भयो भन्नेबारेमा ठ्याक्कै ऐतिहासिक तथ्य र प्रमाणहरु भेटिदैनन । तर केही लिखित सामाग्री हेर्ने हो भने नेपालमा वि।स। १९१० मा जंगबहादुरले दलितमाथि हुने जातीय विभेद र उत्पीडनलाई संस्थागत गर्दै दलितलाई राज्यको निकायबाट मात्र नभई सामाजमा एक अछूतको रूपमा स्थापित गर्ने काम गरेको देखिन्छ ।

१९१० पछि नेपालका दलित समुदायमाथि सामाजिक उत्पीडनको डोरीले यसरी बाँध्यो कि जसलाई फुकाउन दलित समुदायले वर्षौंदेखि मैदानमा उत्रिदापनि पनि दलित समुदायमाथिको उत्पीडन दिनानुदिन बढिरहेको थियो ।वि।स। २००७ सालको अन्तरिम संविधानले दलितलाई पढ्न पाउने अधिकारको सुनिश्चितता गरेको थियो । त्यसैगरी, वि।स। २०४७ को संविधानले सार्वजनिक ठाउँमा विभेद गर्न नपाइने कुरा उल्लेख गरेको थियो । वि।स। २०७२ को संविधानले निजी तथा सार्वजनिक ठाउँमा कहीँ पनि विभेद गर्न नपाइने कुरालाई सुनिश्चितता गरेको छ ।तर पनि दलित माथिको अन्या अत्याचार नेपाली समाजमा जिविततै छ ।

अन्तमाः

विभेद दलित समुदायमा मात्र कायम छ भन्न पनि सकिदैन । विभेद दलित समुदायमा मात्र कायम नरहेर अन्य समुदायमा कायमै छ । पहिलेदेखि समुदायमा स्थापित जातीय व्यवस्थाको कारण समाजमा उपल्लो जातका भनिने मानिसले तल्लो जातका भनिने मानिसलाई दमनमा पार्ने प्रचलन कायम छ । यस अर्थमा पनि सबै समुदायका नागरिकमा पनि विभेद कायमै छ ।

                                                                                          -भरत विश्वकर्मा 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?