घोराहीमा लुम्बिनी प्रदेशस्तरिय एक्सपो हुने

दाङ । चेम्बर अफ कमर्स दाङले घोराहीले घोराही उपमहानगरपालिका मा लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो – २०८० आउँदो माघ १२ गतेदेखि २६ गतेसम्म गर्ने भएको छ ।

चेम्बरले शुक्रबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी यस माघ २५ गते देखि गर्ने भनिएको भएतापनि निर्धारित समय विविध कारणले सार्नुपरेको जानकारी दिएको छ । चेम्बरका अध्यक्ष विकास अग्रवालले पहिलेको मिति भन्दा १३ दिन अगाडि नै एक्सपो लगाउन लागिएको र यसका लागि तयारी व्यापक बनाइएको बताए ।

चेम्बरका निवर्तमान अध्यक्ष बलदेव योगीले रातदिन नभनेर एक्सपोलाई सफल बनाउन चेम्बर लाग्ने र सबैले साथ सहयोग गर्नेमा आफूहरू विश्वस्त गरेको बताए । पत्रकार सम्मेलनमा स्थानीय उत्पादनदेखि कृषिजन्य सामग्रीहरूको स्टल पनि रहने जानकारी गराइएको थियो ।

सो अवसरमा एक्सपोमा स्थानीय कलाकारदेखि केन्द्रका कलाकारहरूको पहिलो चरणको नाम पनि सार्वजनिक गरिएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?