अमेरिकामा खुल्यो एआईले तालिम दिने व्यायामशाला

एजेन्सी । विश्वमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग हरेक क्षेत्रमा बढ्दै गएको छ । कृत्रिम बौद्धिकताको प्रयोगले मानिसको रोजगारी खोसिँदै गएको बेला अहिले अमेरिकामा व्यायामशालामा पनि एआईको प्रयोग हुन थालेको छ ।

अमेरिकाको टेक्सासमा ल्युमिन फिटनेस नामक व्यायामशालामा मानिसहरु एआई प्रशिक्षकको साथमा व्यायाम गर्छन् । ढोकामा राखिएको सेन्सरले व्यायाम गरिरहेका हरेक मानिसमाथि निगरानी गर्ने काम गर्छ भने गरिरहेको अभ्यास ठीक भयो कि भएन भनेर बोलेर सचेत बनाउने काम पनि गर्छ ।

त्यस्तै, व्यायाम सामग्रीको पनि एआईले निगरानी गर्नेगर्छ । एआई प्रशिक्षकले व्यायामको समयमा हरेक चाल ठीक छ कि छैन भनेर बोलेर प्रतिक्रिया जनाउने गर्छ । व्यक्तिले लगाएको हेडफोनमा एआई प्रशिक्षकको सुझाव सुनिने गर्छ ।

व्यायामशालाको भित्तामा एलईडी स्क्रिन पनि राखिएको छ । यो स्क्रिनको माध्यमले एआई प्रशिक्षकले एकै पटक १४ जनालाई व्यायाम प्रशिक्षण गराउनेछ । ल्यूमिन फिटनेसका सीईओ बै्रैंडन बीनका अनुसार एआई व्यायामशाला मानवीय प्रशिक्षक तथा उनीहरुको प्रतिभाको विकल्प भने होइन । तर, मानिसहरुलाई केही फरक र रमाइलो अनुभव होस् भन्ने उद्देश्यले मात्र एआईको प्रयोग गरिएको बीनको भनाइ छ ।

विज्ञहरु पनि एआई व्यायमशालाको प्रशिक्षकको विकल्प नभएको तर एआईको प्रयोग गर्न सकियो भने यसले व्यायाम गर्नेहरुलाई फाइदा पुर्याउने विश्वास गर्छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?