पाणिनि बहुप्राविधिक शिक्षालय, अर्घाखाँचीले मनायो; ३७ औँ वार्षिकोत्सव

अर्घाखाँची ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिइभिटी अन्तर्गतको पाणिनी बहुप्राविधिक शिक्षालय, अर्घाखाँचीले ३७ औँ वार्षिक उत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमलाई रचनात्मक ढंगले सम्पन्न गर्ने क्रममा शिक्षालयले अघिल्लै दिनदेखि शिक्षालय एवं त्यस आसपासका क्षेत्रमा सरसफाइ कार्यक्रम गरेको थियो । शिक्षालयका प्रशिक्षक, कर्मचारी एवं विद्यार्थीहरुको उपस्थितिमा वार्षिकोत्सब समारोहको आयोजनासमेत गरिएको थियो । कार्यक्रममा यस वर्ष भएका विभिन्न अतिरिक्त क्रियाकलापहरूमा छनौट हुन सफल विद्यार्थीहरूलाई पुरस्कार एवं सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा स्वागत मन्तब्य राख्दै अतिरिक्त क्रियाकलाप संयोजक, प्रशिक्षक मित्रबहादुर सोमैले उपस्थित सम्पुर्णलाई स्वागत एव कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने विद्यार्थीहरु निर्मल भट्टराई, रुद्र घिमिरे लगायतले मन्तव्य राखेका थिए । शिक्षालयले गत पौष २२ गतेदेखि २७ गतेसम्म सञ्चालन गरेको खेलकुद सप्ताह अन्तर्गत विभिन्न ११ वटा विधामा प्रतियोगिताको आयोजना गरेको थियो उक्त प्रतियोगितामा खेलकुद अन्तर्गत भलिबल फुट्सल ब्याडमिन्टन लगायतका प्रतियोगिताहरू रहेका थिए भने वक्तृत्वकला प्रतियोगिता समेत सञ्चालन गरेको थियो ।

आज सम्पन्न औपचारिक कार्यक्रमको अध्यक्षता शिक्षालयका प्रशिक्षक विष्णु खनाल, प्रमुख आतिथ्य शिक्षालय प्रमुख मणि गैरे एवं कार्यक्रम सन्चालन प्रशिक्षक केशब खनालले गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?