पाणिनि गाउँपालिकामा ‘फेमिली हेल्थ प्रोफाइल’ निर्माण कार्य औपचारिक रूपमा सुरु 

घरघरमै पुगेर संकलन गरिँदैछ परिवारको स्वास्थ्य विवरण

अर्घाखाँची । पाणिनि गाउँपालिकामा स्थानीयवासीको समग्र स्वास्थ्य अवस्था अभिलेख गर्न ‘फेमिली हेल्थ प्रोफाइल’ निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा बिहीबारदेखि यो अभियान सञ्चालनमा ल्याइएको हो। स्वास्थ्य शाखाका संयोजक शेषकान्त घिमिरेका अनुसार सुरक्षित मातृत्व सेवा तथा दुई वर्ष मुनिका बालबालिकाको स्वास्थ्य निगरानीलाई प्राथमिकता दिँदै यो कार्य प्रारम्भ गरिएको हो।

“यस अभियानमार्फत हामीले अत्यावश्यक स्वास्थ्य अवस्थाको पहिचान गरी समयमै सेवा प्रवाह गर्न सक्नेछौं,” संयोजक घिमिरेले भने, “यसले मातृ तथा शिशु मृत्यु दर घटाउन सहयोग पुर्‍याउने विश्वास लिएको छ।”

स्वास्थ्री शाखा सहसंयोजक रामप्रसाद घिमिरेका अनुसार, प्रशिक्षित स्वास्थ्यकर्मीको टोलीले मोबाइल स्वास्थ्य सेवा प्रणालीमार्फत प्रत्येक घरमा पुगेर परिवारको स्वास्थ्यसम्बन्धी विवरण संकलन गरिरहेको छ।

पाणिनि गाउँपालिकाले यो अभियानमार्फत स्वास्थ्य सेवा पहुँचलाई थप नजिक पुर्‍याउने र नीतिगत योजना निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा लिएको छ। संगै यो अभियान जिल्लाभर एकसाथ सुरु भएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?