विश्व कप क्रिकेट लिग–२ मा नेपाल नामिबियासँग ६३ रनले पराजित

आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ ।

त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपाल नामिबियासँग पराजित भएसँगै छैटाैँ स्थानमा झरेको छ । स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली नामिबियासँग लगातार दोस्रो खेलमा हारेको हो । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो ।

स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । हिजोको खेलमा जितका लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३७ ओभर ५ बलमा १ सय ३६ रनमा अलआउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन जोडे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबिया ४९ ओभर २ बलमा १ सय ९९ रनमा अल आउट भएको थियो ।

नामिबियाका कप्तान जेहार्ड एरास्मसले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले । नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । त्यस्तै सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए । नेपालले आज अन्तिम खेल स्कटल्यान्डसँग खेल्नेछ ।

अङ्क तालिकामा नेपाल १९ खेलमा १० मा हार, ८ मा जित र एक बराबरीकासाथ १७ अङ्कसहित छैटौँ स्थानमा छ । नामिबिया १८ खेलमा ९ मा जित र ९ मा हारका साथ १८ अङ्ककासाथ पाँचौँ स्थानमा उक्लिएको छ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?