दक्षिण अफ्रिका ८३ रनमा अलआउट

दक्षिण अफ्रिका क्रिकेट टोलीले शनिबार ३ खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा मात्र ८३ रन बनाएको छ ।

इंग्ल्यान्डका बलरसँग दक्षिण अफ्रिकाका ब्याटरहरू सबै निरिह भएका थिए । घरेलु टोलीले २ सय १ रन मात्र बनाएको जवाफमा भ्रमणकारी टोलीले निकै निरासजनक ब्याटिङ ग¥यो र १ सय १८ रनले खेल गुमाएको थियो ।

इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ८३ रनमा दोस्रोपटक अलआउट गरेको छ । यसअघि, सन् २००८ मा नटिङघममा भएको खेलमा दक्षिण अफ्रिकाको टोली यति नै रनमा समेटिएको थियो । त्यतिबेला टोलीका कप्तान ग्राम स्मिथ थिए ।

इंग्ल्यान्डका फास्ट बलर डेभिड विली र टाफलीले शुरुका चार ब्याटरलाई पभेलियन फर्काएका थिए । बाँकी काम चाहिँ स्पिनरहरूले गरे । आदिल राशिदले ३ तथा मोइन अलीले २ विकेट लिएका थिए । यो नतिजापछि तीन खेलको सिरिज १–१ बराबरीमा पुगेको छ । पहिलो खेलमा दक्षिण अफ्रिका ६२ रनले जितेको थियो । निर्णायक खेल आज हुँदै छ ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?