डेंगू रोग नियन्त्रणका लागि छत्रकोटले गर्यो अभिमुखीकरण कार्यक्रम

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले गाउँपालिका अन्तर्गतका स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुका लागि किटजन्य रोगको नियन्त्रणलाई मध्यनजर गरि वहुनिकायसँग अन्तरक्रिया तथा डेंगु रोग नियन्त्रण सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

आज गाउँपालिका स्थित सभाहलमा भएको कार्यक्रम छत्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलको अध्यक्षमा सम्पन्न भएको हो।

कार्यक्रममा छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयको प्रमुख आतिथ्यता एवम् गाउँपालिकाकी उपाध्यक्ष सावित्रा ज्ञवाली र स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा.पशुपति आचार्यको विशिष्ट आतिथ्यता रहेको थियो।कार्यक्रमले गाउँपालिकाभर का समुदाय, विद्यालय र आमा समुहमा सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने र रोग निदानका लागि डेङ्गु रेपिड टेस्टको दायरा बढाउने निष्कर्ष निकालेको छ। केही समय यता गुल्मी जिल्ला लगाएत देशैभर डेङ्गुको सङ्क्रमण तिव्र रुपमा फैलिदै गएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको स्वास्थ्य शाखा प्रमुख पोख्रेलले बताए ।

कार्यक्रममा छत्रकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम आचार्य ,जनप्रतिनिहरु तथा गाउँपालिमा सञ्चालित सवै स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगाएतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखामा कार्यरत अ.हे.व समना टण्डनले गरेका थिए । 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?