मैदानको आलमनगरमा कोजाग्रत पुर्णिमाको दिन भोली भव्य सराय नाचहुने, तयारी पुरा

डिआरजी सुमन,
अर्घाखाँची । शनिवार २२ अश्विन २०७९ । पाणिनि गाँउपालिका ५ मैदान को आलमनगरमा कोजाग्रत पुर्णिमाको अवसरमा भव्य सराय नाचको तयारी पुरा
भएको छ । दक्षिण अर्घाखाँचीमा ऐतिहासिक रुपमा मनाईदै आएको कोजाग्रत पुर्णिमाको सराय नाच विगतका केही वर्ष कोरोना भाइरसको कारण सरायनाच वन्द भएको भएता पनि यस वर्ष भव्य रुपमा मनाउने गरी तयारी भएको आयोजकले जनाएको छ ।

पाणिनि गाँउपालिकाको धार्मिक तथा सांस्कृतिक महत्व को क्षेत्रकों रुपमा परिचित आलम नगर मन्दिरमा यस पटक आन्तरिक तथा वाह्य पर्यटनको आकर्षित गर्नेगरी भव्य तयारीमा आयोजक लागेको छ ।

पुर्व सन्ध्यामा शनिवार साँझ पत्रकार डिआरजी सुमन सँग आयोजकको संक्षिप्त क़ुराकानीमा विहान आईतवार ०७ वजेवाट पुजा कार्यक्रम सुरु हुने,दिउसो ३ वजे सराय नाच सुरु हुने गरि तयारी भएको वताईएको छ । यस पटक सराय नाच संचालन उपसमिति, स्वामसेवक उपसमिती, सुचना संचार उपसमिति, वजार व्यवस्थापन उपसमिती लगायतको समेत गठन गरी परिचालन गरिने भएको छ ।

यस पटक मेलाको लागी स्थानीय कृषिजन्य उत्पादनको विक्रि स्थलको लगतमा १०० प्रतिशत छुट गरिएको जनाईंएको छ । दशैको समय भारी वर्षा को कारण अवरुद्ध सड़क अन्तर्गत धातीवांग हुदै नेटाकापोखरा, दुर्गाफाँट पटौटी हुदै आलम नगर सड़क सुचारु आएको वताईएको छ ।

आईतवार आलम नगरमा हुने सराय नाचमा प्रहरी चौकी पालीको सुरक्षाकर्मी मार्फ़त सुरक्षा व्यावस्था मिलाईएको छ । यस पटक श्री कृष्ण मावी र मन्दिर को गेट भित्र कुनैपनि वजार राख्न नपाईने गरी गेट वाहिर व्यावस्था गरिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?