बुटवल । गुल्मी, स्याङज्या र पर्वतको संगम स्थलमा रहेको एसियाको सवैभन्दा ठुलो सालिग्राम पाईने एैतिहासिक तथा धामिक सेतीवेणीको महत्ववारे जानकारी गराउने उद्देश्यले सेतीवेणी नामक चलचित्र निर्माण हुने भएको छ ।
युनिक मुभिजको ब्यानरमा निर्माण हुन लोगको डकुमेन्ट्रि फिल्म सेतीवेणीको शनिवार बुटवलमा एक कार्यक्रमका बीच शुभ मुहूर्त सम्पन्न गरिएको छ । सालिग्राम भएको स्थानको प्रचार र प्रसार र महत्वको वारेमा जानकारी गराउन सकेमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउन सकिने अभिप्रायका साथ चलचित्रको निर्माण शुरु गरिएको चलचित्रका लेखक तथा निर्देशक वाबुराम घिमिरेले बताए । कार्यक्रममा बोल्दै कानुन व्यवसायी जोगबहादुर खत्रीले एसियाको सवैभन्दा ठुलो सालिग्राम पाईने एैतिहासिक तथा धामिक सेतीवेणीको महत्वको वारेमा स्थानियले प्रचार प्रसार गर्नु पर्ने थियो । तर त्यो हुन नसकेपनि चलचित्रको माध्यमवाट जानकारी गराए पछि प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त हुने कुराले यसको महत्व झनै स्थापित हुने छ ।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी साहित्यकार रामचन्द्र ढकालले नेपालि चलचित्र समाज सुधारक हुन पर्छ । माया प्रेमका मात्र नभएर समाजभित्र लुकेका, प्रचार प्रसारको अभावमा रहेका, दुखि गरिव असहायहरुको बारेमा बोल्नेहुन पर्छ । कार्तिके एकादशिको दिन पारेर स्यांङजा, पाल्पा, गुल्मी पर्वत, बुटवलका धार्मिक तथा पर्यटकिय स्थलमा छायाँकन गरिने भएकाले पनि यो चलचित्रको महत्व निकै रहेने छ ।
चलचित्र सेतीवेणी मा कलाकारहरु कष्ण खनाल , ध्रुर्व पोखरेल, कृर्ति क्षेत्री, रेणुका धिमाल, सान्तराम गिरी, प्रसाद सुवेदि, विजय अर्याल, सुमित्रा चापागाँइ, मोहन पोखरेल लगायतका कलाकारको अभिनय रहर्नेछन । चलचित्र सेतिवेनीमा प्रस्तुतकर्ता युनिक मुभिजको रहनेछ भने निर्देशक बाबुराम घिमिरे विजय पोखरेल छायांकन माधाव पौडेल र दृन्द करण तुलाचन रहेका छन् । करिव २० लाख रुपैयाको लगानीमा चलचित्र निर्माण सम्पन्न हुने छ ।













