नेपाल टेलिकमको आम्दानी सामान्य बढ्यो, नाफामा भने कमी

काठमाण्डाै । नेपाल टेलिकमको आम्दानी बढेको छ भने नाफामा कमी आएको छ । कम्पनीले सार्वजनिक गरेको त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार साउनदेखि असोजसम्म टेलिकमको आय ११ अर्ब चार करोड ९० हजार रुपैयाँ रहेको छ । यो अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा आठ करोड ७७ लाख ४३ हजार रुपैयाँले धेरै हो ।

यस्तै तीन महिनामा कम्पनीको कुल सञ्चालन आय नाै अर्ब सात करोड ७५ लाख रुपैयाँ रहेको छ । यो गएकाे वर्षको तुलनामा ६९ करोड ७७ लाख रुपैयाँले कमी हो । टेलिकमको कुल आयमा सामान्य वृद्धि भए पनि नाफा भने घटेको छ । साउनदेखि असोजसम्म दुई अर्ब २२ करोड ५५ लाख रुपैयाँ खुद नाफा भएको र यो अघिल्लो वर्षको तीन महिनाको तुलनामा तीन करोड ४३ लाख रुपैयाँले थोरै भएको टेलिकमले जनाएको छ ।

भ्वाइस सेवाको प्रयोग घट्दो र मोबाइल डाटा किन्नेहरू बढ्नु, अरू कम्पनीमा हुने अन्तर–आबद्धता कल घट्नु, मौसम प्रतिकूलताका कारण बिजुली आपूर्तिमा कमी आएर सेवा प्रभावित हुनु लगायतका कारण नाफामा कमी आएको टेलिकमले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?