कहानी एउटा यस्तो कुर्सीको जसमा जो बसे मृत्यु पाए

१८ औँ शताब्दिमा बेलायतका थर्स्कमा थोमस बज्बी नामका व्यक्ति बस्थे । उनका एक साथी थिए जसको नाम डेनियल औटी थियो । यी दुई नक्कली सिक्का बनाउने अवैध काम गर्दथे भन्ने गरिन्छ । डेनियल थोमसका राम्रा साथी मात्रै थिएनन्, उनले उनकी छोरी एलिजाबेथको थोमससँग विवाह पनि गराइदिएका थिए । त्यसपछि यी दुई ज्वाईं–ससुरा बनेका थिए ।

पछि यो दोस्ती थप गहिरो बन्यो । कामपछि यी दुई सधैँ सँगै थर्स्कस्थित आफूलाई मनपर्ने बारमा बस्थे र मज्जाले बियर पिउँथे । थोमस उक्त बारमा सधैँ एउटै कुर्सीमा बस्थे त्यसैले उक्त कुर्सीसँग उनको विशेष लगाव भएको थियो । अरु कोही उक्त कुर्सीमा बस्दा थोमस ती व्यक्तिसँग झगडा गर्ने गर्थे र बस्ने व्यक्तिलाई जबर्जस्ती हटाएर आफू त्यसमा बस्ने गर्दथे । तर यो कुर्सीले पछि गएर कतिजनाको ज्यान लिँदै थियो भन्नेबारे कसैलाई पनि थाहा थिएन ।

कहानीको सुरुवात हुन्ट सन् १७०२ बाट । एकदिन बारमा कुनै कुरामा थोमस र डेनियलबीच झगडा भयो । झगडा कुटपिटसम्म पुग्यो । त्यसपछि थोमसलाई रिस उठाउनका लागि डेनियल उनको कुर्सीमा बस्छन् । यो देखेपछि थोमस यति रिसाए कि उनले डेनियलको हत्या नै गरिदिए ।

प्रहरीले हत्याको आरोपमा थोमसलाई पक्राउ गर्यो त्यसपछि ससुराको हत्या गरेको आरोपमा थोमसलाई मृत्युदण्डको सजाय सुनाइयो । जुन दिन थोमसलाई मृत्युदण्ड दिँदै थियो । त्यस दिन उनलाई अन्तिम इच्छा सोधियो । मृत्युदण्ड अघि आफ्नो अन्तिम इच्छा व्यक्त गर्दै थोमसले आफू थिर्स्कस्थित बारमा राखिएको आफ्नो प्रिय कुर्सीमा बसेर अन्तिम पटक खाना खान चाहेको बताए । थोमसको यो इच्छा पूरा गर्नका लागि उनलाई त्यहि बारमा लगियो । खाना खाएपछि उठ्ने बेलामा उनले ‘जो यो कुर्सीमा बस्ने हिम्मत गर्छ, उसको मृत्यु निश्चित होस्’ भने । त्यति बेलादेखि नै यो कुर्सी साँच्चै नै ‘हन्टेड’ भएको बताइन्छ ।

कुर्सीमा बस्ने पाइलटको मृत्यु

मिडियम डट कमका अनुसार दोस्रो विश्वयुद्धका बेला रोयल एनफोर्सका दुई पाइलट उक्त पबमा आए र त्यो कुर्सीमा बसे । त्यसपछि उनीहरु पब बाहिर निस्किएपछि उनको कार दुर्घटना भयो र दुबैजनाको निधन भयो । त्यसपछि जो पनि व्यक्ति यो कुर्सीमा बसे उनको रहस्यमयी तरिकाले मृत्यु भयो । लगातार भइरहेको यी मृत्युका कारण पबका मालिकले कुर्सीलाई पबको गोदाममा राखिदिए । तर यहाँ पनि यो कुर्सीले मानिसहरुको पिछा गर्न छोडेन ।

थर्स्कको संग्रहालयमा छ यो ‘हन्टेड’ कुर्सी

एक पटक गोदाममा सामान राख्न गएका कामदार थाकेर उक्त कुर्सीमा बस्न पुगे । त्यसपछि उनको पनि केही घण्टापछि मृत्यु भयो । यो घटनापछि पबका मालिकले यो कुर्सीलाई थर्स्कको म्युजियममा दान दिने सोच बनाए । त्यसपछि उक्त म्युजियममा यो कुर्सीलाई पाँच फुट अग्लो स्थानमा राखियो ता कि कोही पनि व्यक्ति गल्तीले पनि यो कुर्सीमा नबसुन् ।

तर यहाँ धेरैले प्रश्न उठाउने गर्छन् जुन अनुत्तरित छन् र सम्भवतः सधैँ अनुत्तरित नै हुनेछन् ।

के थोमसले साँच्चै कुर्सीका लागि हत्या गरे ? के कुनै व्यक्तिले काठको एउटा कुर्सीप्रति यस्तो गहिरो स्नेह राख्न सक्छ ? के थोमसको बदला लिने र ईर्ष्यालु आत्माले उक्त कुर्सीमा बस्न साहस गर्ने कसैलाई पनि आक्रमण गरिरहेको छ ? वा योभन्दा बढी महत्त्वपूर्ण कुरामा हत्या भएको थियो, जुन हामीले कहिल्यै थाहा पाउने छैनौँ ? के कुर्सी साँच्चै ‘हन्टेड’ नै थियो वा यो पैसा कमाउने नौटंकी थियो ?

कुर्सीमा बसेकाहरुको मृत्युलाई धेरैले एक अशुभ संयोग मात्र मान्छन् । तर जे भएपनि यसबारे धेरै समाचार प्रकाशित भने भएका छन् ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?