शालीनदी मेलामा ८४ लाख रुपैयाँ भेटी सङ्कलन

काठमाण्डौको शालीनदीमा लागेको माधवनारायण मेलामा ८४ लाख ७७ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ ।

गएकाे पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला) मा हिजाेसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम सङ्कलन भएको हो । गएकाे वर्ष कोरोनाका कारण कम भक्तजन शालीनदी पुग्दा थोरै भेटी सङ्कलन भए पनि यस वर्ष भने एक करोडभन्दा बढी भेटी सङ्कलन हुने अपेक्षा गरिएको माधवनारायण स्वस्थानी व्रत तथा सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए ।

यस्तै त्यस समितिले त्यहाँ आसपासमा सञ्चालन गरिएका पसलबाट पनि भाडा उठाउँदै आएको छ । भक्तजनबाट सङ्कलन भएको रकम र भाडाबाट उठेको पैसा माधवनारायण मन्दिर निर्माणमा खर्च गरिने अध्यक्ष श्रेष्ठले बताए । माघ २२ गतेसम्म चल्ने मेलामा यस वर्ष ३० लाखभन्दा बढी भक्तजनले मेला भर्ने विश्वास समितिले लिएको छ ।

यस्तै, शालीनदी यातायातले शालीनदी मेला भर्न पुगेका भक्तजनलाई बज्रयोगीनीसम्म पुग्नका लागि साँखुमा रहेकाे नयाँ बसपार्कबाट बज्रयोगिनी मन्दिरसम्म दैनिक दुईवटा बस निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?