कुशलको शतकसँगै नेपालको कीर्तिमानी जित

काठमाडौं । ओपनर कुशल भुर्तेल शतक, कप्तान रोहितकुमार पौडेलको बलियो साथ अनि करण केसीको ५ विकेटको मद्दतमा नेपालले नामिबियामाथि कीर्तिमानी जित निकालेको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नामिबियाले मंगलबार घरेलु टोलीलाई २८६ रनको लक्ष्य दिएको थियो । भुर्तेलको ११५ रनको मदतमा नेपालले ४७.४ ओभरमा ८ विकेटमा जित निकाल्यो ।

नेपालले ओडीआईमा बनाएको यो अहिलेसम्मकै ठूलो स्कोर हो । नेपालले यसअघि २०१९ मा युएईविरुद्ध २५५ रनको लक्ष्य पूरा गर्दै जित निकालेको थियो भने जुनमा अमेरिकाविरुद्ध २७५ रनको लक्ष्य पछ्याउँदा स्कोर टाई गरेको थियो ।

गत वर्ष त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पपुवा न्युगिनीविरुद्ध २९३ रनको लक्ष्य पछ्याएको नेपाल २८६ रन बनाउँदा पराजित भएको थियो ।

कुशलको शतक

नेपालका ओपनर आसिफ शेख दोस्रो ओभरमै खाता नखोली आउट भएका थिए, तर अर्को ओपनर कुशलले अन्तिमसम्म टिकेर नेपालको जितको आधार तयार पारे ।

नेपाललाई जितका लागि ३ रन मात्र आवश्यक हुँदा भुर्तेल आउट भए । ११५ रन बनाउने क्रममा उनले ११३ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गरे ।

उनले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लले ५० रनको साझेदारी गरेका थिए । नेपालको स्कोर ५३ रन हुँदा ज्ञानेन्द्र व्यक्तिगत २५ रनमा आउट भए । त्यसपछि भुर्तेल र कप्तान रोहितकुमार पौडलले मिलेर नेपालको इनिङ्स अघि बढाए । यो जोडीले तेस्रो विकेटका लागि कीर्तिमानी १३३ रनको साझेदारी गरे ।

ओडीआईमा नेपाली खेलाडीको यो अहिलेसम्मकै ठूलो साझेदारी हो । यसअघि दीपेन्द्र र देव खनालले गत वर्ष कीर्तिपुरमै पपुवा न्यु गिनी विरुद्ध १२९ रनको साझेदारी गरेका थिए ।

तर नेपालको स्कोर १८६ हुँदा कप्तान रोहित ३४औं ओभरमा आउट भए । त्यसपछि नेपालले लगातार थप दुई विकेट गुमायो । रोहितले ७६ बल खेल्दै ७ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए । उनले नामिबियाविरुद्ध ५५ रन जोडेपछि नेपालका लागि ओडीआईमा एक हजार रन पूरा गरेका थिए ।

त्यसपछि कुशल मल्ल ६ र दीपेन्द्र सिंह ऐरि ७ रनमा आउट हुँदा नेपालको स्कोर २१२–५ थियो । रुबेन ट्रम्पलमेनले रोहित, कुशल मल्ल र दीपेन्द्रलाई लगातार आउट गरेपछि नामिबियाले खेलमा पुनरागमन गर्ने प्रयास गरेको थियो ।

तर चार वर्षपछि पहिलो पटक ओडीआई खेलेका सन्दीप जोरासँग भुर्तेलले ४९ रनको महत्वपूर्ण साझेदारी गरे । जोराले २४ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा २८ रन जोडे ।

जोरा आउट भएपछि क्रिजमा आएका करण केसीले ब्याटिङमा पनि छक्का चौका प्रहार गरे । तर नेपाल जित नजिक पुगेका बेला भुर्तेल व्यक्तिगत ११५ रनमा आउट भए ।
सन्दीप लामिछान डक आउट भए ।

त्यसपछि आएका सोमपाल कामीले चौका प्रहार गर्दै नेपालको जित पक्का गरे । करण केसीले १२ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा अविजित २० रन बनाए ।

नामिबियाका लागि रुबेन ट्रम्पलमेन र जान निकोल लोफ्टी एटोनले ३–३ विकेट लिए । बर्नानर्ड स्कोल्ट्ज र तांगेनी लुंगामेनीले समान १ विकेट लिए ।

करणको ५ विकेट

यसअघि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाको सुरुवात राम्रो थिएन । तर ११औं ओभरभित्रै दुवै ओपनर आउट हुँदा ४५–२ को अवस्थामा रहेको नामिबियाको इनिङ्स चितेल भान लिगेन र कप्तान जेर्हार्ड एरासमसले सम्हाले । दुबैले तेस्रो विकेटका लागि १२४ रनको साझेदारी गरे ।

त्यसअघि लो हान्ड्रे लाउरेन्स ५ र कार्ल बिर्केन्स्टोक १३ रन बनाएर आउट भएका थिए ।

भान लिगेनले १३७ बल खेल्दै ९ चौका र ५ छक्का मद्दतमा १३३ रन बनाए । भान लिगेनले ओडीआईमा तेस्रो शतक हो भने नेपाल विरुद्ध उनले लिग टु मा लगातार दोस्रो शतक प्रहार गरेका हुन् । यसअघि डिसेम्बरमा नामिबियामै भएको लिग टु खेलमा उनले नेपाल विरुद्ध १२१ रन बनाएका थिए ।

तेस्रो ओभरै तेस्रो नम्बरमा ब्याटिङ गरेका भान लिगेनलाई नेपालका करण केसीले ४७औं ओभरमा दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराएका हुन् । यस्तै कप्तान एरासमसले ७९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ५६ रन जोडे । विकेटकिपर जान ग्रीनले १९ बलमा ३४ रन बनाउदा ४ चौका र १ छक्का प्रहार गरे ।

जान फ्रांकलिनले १३ र जान निकोल लोफ्टी एटोन ८ रनमा आउट भए । पिक्की या फ्रान्स २ रनमा आउट भए ।

नेपालका लागि करण केसीले १० ओभरमा १ मेडन राख्दै ६१ रन खर्चेर सर्वाधिक ५ विकेट लिए ।

सन्दीप लामिछानेले ३ विकेट लिए । बलात्कारको आरोपमा जेल परेर धरौटीमा छुटेका उनी विवादका बीच यस खेलमार्फत मैदान फर्किएका हुन् ।

१० ओभर बलिङ गरेका उनले उनले ६६ रन खर्चिए । उनले आफ्नो दोस्रो बलमै विकेट लिएका थिए । बाँकी दुई विकेट भने ४९औं ओभरको पहिलो र अन्तिम बलमा लिएका थिए । सोमपाल कामीले र कुशल मल्लले १–१ विकेट लिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?