बुटवलमा धर्म, ज्योतिष एवं वास्तु सम्मेलनको भव्य तयारी

रुपन्देही । बुटवलमा यही साउन १९ र २० गते धर्म, ज्योतिष एवं वास्तु सम्मेलन हुने भएको छ ।
आयोजक संस्था विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश कमिटीले पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको तयारी पूरा भएको बताएको छ ।

बुटवलको सिद्धार्थ कटेजमा हुने सम्मेलनमा प्रा. डा. देवमणि भट्टराई आशौच परिचय र निर्णयहरु विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।त्यस्तै,
उपप्रध्यापक लक्ष्मीप्रसाद बरालले ज्योतिष शास्त्रमा वैदेशिक यात्रा सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जनार्दन न्यौपानेले बताए । यसैगरी प्रशिक्षण वास्तु र जीवन प्रशिक्षणबारे डा( माधवमंगल जोशाीले कार्यपत्र प्रस्तुत गर्ने उनले बताए ।

करिब ४ सयभन्दा बढी ज्योतिषहरुको सहभागिता रहने सम्मेलनले बुटवल घोषणापत्र जारी गर्नेछ । सम्मेलनमा स्वामी लोकानन्द जी महाराज, डा. माधवमंगल जोशी, नेपाल पंञ्चाक निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी, संस्कृत केन्द्रीय विभागका प्रा. डा. नारायण गौतम आउने कार्यक्रम छ ।

प्रतिव्यक्ति १ हजार ५ सय प्रवेश शुल्क तोकिएको सम्मेलन विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश कमिटीको पहिलो कार्यक्रम हो । यसैगरी कार्यक्रममा बाबा योगीराजले योग र आयुर्वेद, योगी सोमराजले गाई र संस्कारका बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?