back to top
IPL 2025
IPL 2024
२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

पेट्रोल-डिजेलको भाउ बढ्यो, ग्यासको घट्यो

spot_img

काठमाडाैं । सरकारले पेट्रोल, डिजेल, मट्टीतेलको भाउ बढाएको छ भने खाना पकाउने ग्यासको घटाएको छ।

मंगलबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको र ग्यासको घटाएको हो।

निगमले मंगलबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा ९ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ७ रूपैयाँ बढाएको जानकारी दिएको छ। त्यस्तै खाना पकाउने ग्यासको भाउ सिलिन्डरमा १३० रूपैयाँ घटाएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर साढे आठ रूपैयाँ र डिजेलमा सात रूपैयाँ बढाएर नयाँ मूल्य सूची पठाएको छ। ग्यासमा भने प्रतिसिलिन्डर १०० रूपैयाँ घटाएर पठाएको छ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको भाउका लागि तीन वर्ग विभाजन गरेको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?