back to top
IPL 2025
IPL 2024
१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार
IPL 2025
spot_img

भुकम्प पिडितलाई तिलोत्तमाको १० लाख सहयोग

spot_img

बुटवल । तिलोत्तमा नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितलाई १० लाख सहयोग गर्ने घोषणा गरेको छ।

गएराती ११ः४७ बजे जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका पिडितलाई १० लाख सहयोग गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । शनिवार नगरपालिकामा आयोजित आकस्मिक बैठकले सो गरेकाे अर्यालले जानकारी दिए ।

नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षता तथा जागेश्वर देवी चौधरी र कार्यपालिका सदस्यहरु सहितको उपस्थितिमा बसेको बैठकबाट भुकम्पबाट ज्यान गुमाएका प्रति हार्दिक श्रद्धान्जली अर्पण गरि मृतकका परिवारमा समबेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

घाइतेहरुको स्वास्थ्योपचार, उद्धार, तथा राहतका लागि जुट्न आग्रह गर्दै नगरपालिकाबाट समेत सो कार्यका लागि सामाग्री र टोलि पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।

सो कार्यका लागि जाजरकोट तर्फ जान लागेका स्वास्थ्यकर्मीलाई नगरप्रमुख खाणले आफुले प्रयोग गर्दै आएको गाडी समेत उद्धारकार्यका लागि पठाएका छन।

जनस्वास्थ्य निरिक्षक रामेश्वर ढकाल सहितको ५ जना स्वास्थ्यकर्मीको टिम, एम्बुलेन्स, औषधी, पाल, उद्धार सामाग्री, सहित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई ५/५ लाखका दरले राहत सामाग्रीका लागि रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।

उद्धारको टोली नगरपालिकाबाट सामाग्री सहित दिउसो प्रस्थान गरिसकेको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?