एमाले सचिवालय बैठक आज बस्दै

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक बुधबार बस्दै छ। मध्याह्न १२ः४५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको बैठकमा मध्यपहाडी राजमार्गकेन्द्रित अभियानबारे छलफल हुने बताइएको छ।

एमालेले मंसिरको दोस्रो साताबाट १ हजार ८७९ किलोमिटर लामो मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सञ्चालन गर्दै छ। अभियानमा जनप्रदर्शन, कोणसभा लगायतका गतिविधि गर्ने एमालेले बताएको छ।

अभियानको तयारीका लागि एमालेको उपमहासचिव विष्णु रिमाल र प्रदीप ज्ञवालीको नेतृत्वमा दुईवटा समूह दुईतिर खटिएका थिए। ज्ञवालीको नेतृत्वमा एउटा समूह पूर्व पाँचथरको चिवाभञ्ज्याङ गएको थियो। रिमाल नेतृत्वको समूह बैतडीको झुलाघाटदेखि गोरखासम्मको बाटो अवलोकन गरेर फर्किइसकेको छ।

केही ठाउँमा ट्र्याक खोल्न बाँकी रहेकाले बाइपासका माध्यमबाट अभियानलाई जोड्दा झन्डै २ हजार किलोमिटर यात्रा गर्नुपर्ने देखिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

पहाडी क्षेत्रमा जाडो बढ्न थालेको र जाजरकोट, रूकुम पश्चिममा भूकम्पका कारण मानवीय तथा भौतिक क्षति भएकाले अभियान सार्नुपर्ने पनि एमालेमा कुरा उठिरहेको छ।

आज बस्ने सचिवालय बैठकले यसबारे ठोस योजना बनाउने एमालेले बताएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?