एजेन्सी । इण्डोनेसियामा मतदान जारी छ । आज संसदीय र स्थानीय निर्वाचन भइरहेको छ । इण्डोनेसियामा २७ करोड जनतामध्ये २० करोड ४० लाखभन्दा बढीले मतदान गरिरहेका छन्। [su_pullquote align=”right”]मतदाताले नयाँ राष्ट्रपति र उपराष्ट्रपति मात्र नभई संसदीय र स्थानीय प्रतिनिधिसमेत चयन गर्ने[/su_pullquote]
मतदाताले नयाँ राष्ट्रपति र उपराष्ट्रपति मात्र नभई संसदीय र स्थानीय प्रतिनिधिसमेत चयन गर्नेछन्। प्रारम्भिक नतिजा बुधबार साँझ आउने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
निर्वाचनकै दिन आज जाकार्ता र जाभाका केही भागमा भारी वर्षा भएको छ । इण्डोनेसियाको निर्वाचन आयोगले बाढीका कारण मध्य जाभाका १० स्थानमा मतदान ढिलो हुने जनाएको छ। ११४ मतदान केन्द्र प्रभावित भएकाले डेमाक क्षेत्रको करंगन्यार जिल्लाका करिब २६ हजार मतदाताले भोट हाल्न कुर्नुपर्ने भएको छ।
योपटक राष्ट्रपतिको दौडमा रहेका चार उम्मेदवार चर्चामा छन् । जसमा पूर्व जनरल प्राबोवो सुब्यान्टो, निवर्तमान राष्ट्रपति जोको विडोडोका ३६ वर्षीय छोरा जिब्रान राकाबुमिङ राका, यस्तै पूर्व शिक्षामन्त्री तथा जकार्ताका गभर्नर एनीस वास्वेदन र सेन्ट्रल जाभाका पूर्व गभर्नर गन्जर प्रनोवो पनि छन् ।
याे पनि
|













