नेपाल-चीन सीमामा भूकम्पको कडा धक्का

काठमाडौं । नेपालमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएकाले नेपालको उत्तरी क्षेत्रमा धक्का महसुस भएको हो ।

भूकम्पको केन्द्रविन्दु चीनको सिगात्सेस्थित दिङ्गी काउन्टीमा थियो ।

काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन  तथा अनुसन्धान केन्द्रले उक्त भूकम्पको तीव्रता ५ म्याग्निच्युड मापन गरेको छ । केन्द्रका अनुसार नेपाली सीमा क्षेत्रबाट करिब १८ किलोमिटरको दुरीमा आज बिहान ४ बजेर ५ मिनेट भूकम्प गएको थियो ।

नेपाल-चीन सीमा क्षेत्रको सिगात्सेको दिङ्गी काउन्टीमा पटक-पटक भूकम्प गएको छ । यसअघि २०८१ सालको पुस २३ गते ७ म्याग्निच्युडको र फागुन २४ गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि पटक-पटक परकम्पहरु गइरहेका छन् ।

पुस २३ को भूकम्प र त्यसपछिका ठूला परक्मपले सिगात्सेमा जनधनको पनि क्षति पुगेको थियो ।

नेपाल भूकम्पको जोखिमका दृष्टिले अति संवेदनशील मानिन्छ ।वैशाख दुई गते एकैदिन जाजरकोट केन्द्रविन्दु भएर दुईपटक भूकम्प गएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?