back to top
IPL 2025
IPL 2024
१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार
IPL 2025
spot_img

पाणिनि गाउँपालिकामा ‘फेमिली हेल्थ प्रोफाइल’ निर्माण कार्य औपचारिक रूपमा सुरु 

घरघरमै पुगेर संकलन गरिँदैछ परिवारको स्वास्थ्य विवरण

spot_img

अर्घाखाँची । पाणिनि गाउँपालिकामा स्थानीयवासीको समग्र स्वास्थ्य अवस्था अभिलेख गर्न ‘फेमिली हेल्थ प्रोफाइल’ निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा बिहीबारदेखि यो अभियान सञ्चालनमा ल्याइएको हो। स्वास्थ्य शाखाका संयोजक शेषकान्त घिमिरेका अनुसार सुरक्षित मातृत्व सेवा तथा दुई वर्ष मुनिका बालबालिकाको स्वास्थ्य निगरानीलाई प्राथमिकता दिँदै यो कार्य प्रारम्भ गरिएको हो।

“यस अभियानमार्फत हामीले अत्यावश्यक स्वास्थ्य अवस्थाको पहिचान गरी समयमै सेवा प्रवाह गर्न सक्नेछौं,” संयोजक घिमिरेले भने, “यसले मातृ तथा शिशु मृत्यु दर घटाउन सहयोग पुर्‍याउने विश्वास लिएको छ।”

स्वास्थ्री शाखा सहसंयोजक रामप्रसाद घिमिरेका अनुसार, प्रशिक्षित स्वास्थ्यकर्मीको टोलीले मोबाइल स्वास्थ्य सेवा प्रणालीमार्फत प्रत्येक घरमा पुगेर परिवारको स्वास्थ्यसम्बन्धी विवरण संकलन गरिरहेको छ।

पाणिनि गाउँपालिकाले यो अभियानमार्फत स्वास्थ्य सेवा पहुँचलाई थप नजिक पुर्‍याउने र नीतिगत योजना निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा लिएको छ। संगै यो अभियान जिल्लाभर एकसाथ सुरु भएको छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?