पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा एकतर्फी गाडी चल्न थाले

काठमाण्डौ । पूर्वपश्चिम राजमार्गको नवलपरासी दाउन्ने खण्डमा एकतर्फी गाडी चल्न थालेका छन् । गएराति परेको पानीले दाउन्ने सडकखण्डको खुर्सानी खोलानजिक सडक भत्किएको थियो ।

बर्दघाट नगरपालिका–४ अन्तर्गत पर्ने खुर्सानी खोलामा गएराति ११ बजेतिर भत्किएको सडक बिहान ८ बजेपछि मर्मत थालेर झन्डै डेढ घण्टाको प्रयासमा सडक एकतर्फी खुलेको हो ।

अहिले रोकिएका गाडीलाई आलोपालो गरेर गन्तव्यतर्फ लाग्ने व्यवस्था मिलाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रहरी जवान मोहन शाहीले उज्यालोलाई जानकारी दिए ।

दाउन्ने खण्ड केही दिन अघिदेखि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य हुँदै आएको छ । यो सडकमा यात्रा भने सहज छैन ।

गएराति बाटो भत्किएपछि पश्चिमबाट पूर्व जाने गाडी बर्दघाट र पूर्वबाट पश्चिमका लागि छुटेका गाडी दुम्किबास ज्यामिरेमा रोकिएको थियो ।

अहिले रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लाग्न थालेका छन् । सडक दुईतर्फी नै खुलाउन भने समय लाग्ने ट्राफिक प्रहरीको भनाइ छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?