पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा एकतर्फी गाडी चल्न थाले

काठमाण्डौ । पूर्वपश्चिम राजमार्गको नवलपरासी दाउन्ने खण्डमा एकतर्फी गाडी चल्न थालेका छन् । गएराति परेको पानीले दाउन्ने सडकखण्डको खुर्सानी खोलानजिक सडक भत्किएको थियो ।

बर्दघाट नगरपालिका–४ अन्तर्गत पर्ने खुर्सानी खोलामा गएराति ११ बजेतिर भत्किएको सडक बिहान ८ बजेपछि मर्मत थालेर झन्डै डेढ घण्टाको प्रयासमा सडक एकतर्फी खुलेको हो ।

अहिले रोकिएका गाडीलाई आलोपालो गरेर गन्तव्यतर्फ लाग्ने व्यवस्था मिलाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रहरी जवान मोहन शाहीले उज्यालोलाई जानकारी दिए ।

दाउन्ने खण्ड केही दिन अघिदेखि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य हुँदै आएको छ । यो सडकमा यात्रा भने सहज छैन ।

गएराति बाटो भत्किएपछि पश्चिमबाट पूर्व जाने गाडी बर्दघाट र पूर्वबाट पश्चिमका लागि छुटेका गाडी दुम्किबास ज्यामिरेमा रोकिएको थियो ।

अहिले रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लाग्न थालेका छन् । सडक दुईतर्फी नै खुलाउन भने समय लाग्ने ट्राफिक प्रहरीको भनाइ छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?