पाणिनिमा ११औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योग शिविर सम्पन्न

अर्घाखाँची । ११औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पाणिनि गाउँपालिकामा योग शिविर सम्पन्न गरिएको छ।

वडा नं. ३ स्थित खिदिम आयुर्वेद औषधालयको आयोजनामा “सिंगो पृथ्वी र मानव सभ्यताका लागि योग” भन्ने नाराका साथ आयोजित कार्यक्रममा पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, वडा नं. ३ का अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक युवराज ज्ञवाली, कर्मचारी, पत्रकार तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।

औषधालयको प्राङ्गणमा भएको कार्यक्रममा औषधालयका अधिकृत अनुपमा आचार्यले योग अभ्यास गराएकि थिइन । गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले योगको अभ्यासद्वारा मानव जीवनमा मानसिक तथा शारीरिक सन्तुलन कायम गर्न सकिने भन्दै योगलाई दैनिक जीवनमा समावेश गर्न सहभागीहरूलाई आग्रह गरिएको थियो।

प्रत्येक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?