शीर्ष ५ नेताको छलफलपछि प्रचण्डले भने- हेर्दैजानुहोला अब नजिक हुन्छौं

काठमाडौं । तत्कालीन नेकपाको बहुमत सचिवालय सदस्यको छलफलपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम एकताको संकेत गरेका छन्। सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूहरु छिट्टै नजिक हुने संकेत गरेका हुन्।

बैठकमा विचार मिल्ने पार्टीहरुसँग एकता गर्नेबारे छलफल भएको र आजै सम्पन्न बाबुराम भट्टराईसँग पनि यसै सन्दर्भमा छलफल भएको उनले बताए।

‘आजको बैठकमा तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्य सहभागी थियौं। यो हाम्रो दोस्रो बैठक हो। यसअघि पनि बसेका थियौं। विचार मिल्नेहरुबीचमा एकताको सम्भावना गर्नेबारे गहन छलफल भएको छ,’ उनले भने।

उनले बैठकमा सत्ता गठबन्धनलाई प्रभावकारी रुपमा अगाडि बढाउने विषयमा पजि छलफल भएको बताए। ‘गठबन्धन कायम राखेरै जानेबारे पनि छलफल भयो। गठबन्धनलाई अझ कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे चर्चा भएको छ,’ उनले भने।

उनले आफूहरुको बैठक गठबन्धनविरुद्ध नभएको स्पष्ट पारे। ‘हाम्रो बैठक गठबन्धनविरुद्ध होइन। पार्टी एकीकरण गर्ने सन्दर्भमा भएको हो। अब नजिक हुँदै जान्छौं, हेर्दैजानुहोला,’ उनले भने।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?