प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटार देउवा र ओलीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनीहरुबीच नागरिकता विधेयक र  प्रतिनिधिसभा बैठक प्रस्तुत भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ र आसन्न निर्वाचनका बारेमा छलफल भएको हो।

पछिल्लो समय सरकारका कामप्रति एमाले असन्तुष्ट रहँदै आएको छ। अध्यक्ष ओलीले सरकारले संसदमा टेबुल गरेको  प्रस्तुत गरेको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक च्यात्नु पर्ने अवस्था नआओस भन्दै चेतावनी दिँदै आएका छन्।

ओलीले नागरिकता विधेयकमा राष्ट्रपतिले दिएको सुझाबलाई नसमेटेर हतार हतार पास गरेर राष्ट्रियसभामा पठाएकोमा पनि आपत्ति जनाएका छन्।

प्रधानमन्त्रीबाट बाहिरिएपछि ओली पहिलो पटक बालुवाटार पुगेका हुन्। कांग्रेस नेता मिनेन्द्र रिजालले हिजो एमाले अध्यक्ष ओलीलाई बालकोट पुगेर भेटवार्ता गरेका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?