काठमाण्डाै । नेकपा एकीकृत समाजवादी पार्टीकी नेत्री रामकुमारी झाँक्रीले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहकाे अभियानलाई समर्थन गरेकी छन् । ।
नेत्री झाँक्रीले इमानदर प्रयासहरू सफल हुने भन्दै आफ्नाे समर्थन मेयर साहलाई रहेकाे सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् । उनले आफू सहरी विकास मन्त्री हुँदा दलीय दबाब परेकाे भए पनि मेयर साहलाई भने त्यस्ताे नहुने पनि बताइन् ।
उनले लेखेकी छन्, ‘मैले बाग्मती काेरिडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको थिएँ । चुनाव आएको छ, नगरौँ भन्ने दबाब आयो र स्थगन गर्न पर्याे । पालिका चुनावपछि २०७९ जेठ २ गतेदेखि फेरि हटाउन सुरु भएकाे थियाे ।’
नेत्री झाँक्रीले आफू र मेयर साहले केही याेजना बनाएकाे भए पनि आफ्नाे कार्यकाल लामाे नरहेकाे बताइन्।













