रुरु क्षेत्र -१ रिडीमा तीन दिने बृहत् स्वास्थ्य शिविर सुरु

गुल्मी । गुल्मीको रुरु क्षेत्र गाउँपालिका १ रिडीमा बृहत निशुल्क स्वास्थ शिविर आज देखि सुरु भएको छ।

शिविरको एक औपचारिक समारोहका बिच नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणि पौडेलले पानसमा दिप प्रज्वलन गरेर शुभारम्भ गरेका हुन् ।

रुरु क्षेत्र गाउँपालिकाको मुख्य आयोजनामा तथा नेपाल हृदय रोग निवारण प्रतिस्ठान नेपाल , नेपाल नेत्र ज्वती संघ , लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा, नेपाल औषधी व्यवसायी संघको सहकार्यमा शिविरको आयोजना गरिएको रुरु क्षेत्र गाउँ पालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए ।

कार्यक्रममा अध्यक्ष ज्ञवालीले उक्त शिविर बाट झन्डै २५०० को हारहारिमा विभिन्न रोगका बिरामीहरुले सेवा लिने तथा जटिल प्रकारका बिरामीहरुलाइ समेत पालिकाको सहयोगमा सम्बन्धि निकाय सम्म उपचार गराउन सहयोग गर्ने प्रतिबद्धता जनाए । सबैको साथ सहयोग पाएमा गाउँपालिकाले आगामी दिनहरुमा पनि यस्ता शिविर आयोजना गरी सञ्चालन गर्ने उल्लेख गरे ।

कार्यक्रममा विशिष्ट अतिथी पौड्यालले स्वास्थ्य जस्तो महत्त्वपूर्ण विषयलाई गाउँपालिकाले पहिलो एजेन्डा नै बनायर शिविर सञ्चालन गरेकोमा बधाई ज्ञापन गर्दै आगामी दिनमा, विभिन्न किसिमका बिरामीहरुलाई मासिक रुपमा यस्ता कार्यक्रम सञ्चालन गरे जनताले समयमै उपचारको सुविधा पाउने बताए । भोलि हुने विशेष मुटु रोग तथा सचेतना सम्बन्धि अंतरक्रिया कार्यक्रमलाई सफल पार्न उनको आग्रह थियो।

गाउँपालिका उपाध्यक्ष मिना देबि गौतमले कार्यक्रममा स्वागत गर्दै गाउँ बस्तीबाट विभिन्न प्रकारका रोगहरु पालेर बस्नु भएका आमा, बुवा दिदी बहिनी ,दाजुभाइहरुलाई शिविरका नाममा मात्र नभई बृहत् सेवा समेत भएको उल्लेख गर्द‌ै सबै लाई सेवा लिन तथा शिविरको सेवाको प्रचार-प्रसार गर्न आग्रह गरे ।

औपचारिक समारोहमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रकाश राज रेग्मी ,मुटु विशेषज्ञ डा.सुमन बन्जाडे , नेत्र ज्वती संघ केन्द्रिय सचिव भरत बहादुर चन्द्र , गुल्मी जिल्लाका सभापति शेर बहादुर थापा, रोग निवारण प्रतिस्ठान लुम्बिनी प्रदेशका अध्यक्ष अखिले स्वर पाण्डे लगाएको विशिष्ट आतिथ्यता रहेको थियो।

समारोहमा पालिकाका सबै वडाका वडा अध्यक्षहरु, गाउँकार्यापालिका सदस्यहरु, गाउँसभाका सदस्यहरु, स्थानीय राजनितिक दलका पार्टी प्रतिनिधिहरु, गाउँपालिकाका विभिन्न विषयगत शाखाका प्रमुखहरु, विभिन्न विद्यालयका प्रअ चथा प्रतिनिधिहरु, पत्रकार , महिला समुह, आमा समूह ,युवा क्लबका प्रतिनिधि लगाएतको आतिथ्यता रहेको थियो।

गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल तथा स्वास्थ शाखा प्रमुख छत्र बहादुर अधिकारीले यस शिविरबाट पाल्पा स्याङ्जा गुल्मी र केही अर्घाखाँची बाट पनि सेवा लिने बताउदै सेवामा कुनै पनि अभाव हुन नदिन डाक्टरहरुलाई निर्देशन दिए । शिविर आज देखि आश्विन ९ गते सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

यस्तै वडा नं. १ का वडा अध्यक्ष नवराज बिकले यहाँको स्थानिय संघ सस्थाको ठूलो प्रयास साथ सहयोग रहेको बताउँदै सबैले प्रयाप्त सहयोग गरेमा शिबिरबाट अपेक्षाकृत भन्दा वढी सेवा प्रवाह हुने जनाए ।कार्यक्रमको सञ्चालन दामोदर ज्ञवालीले गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?