टी–२० विश्व कप : न्युजिल्यान्डसँगको खेलमा आयरल्यान्डका जोश लिटिलको ह्याट्रिक

टी–२० विश्व कप क्रिकेटमा अहिले न्युजिल्यान्ड र आयरल्यान्ड खेलिरहेका छन् । अस्ट्रेलियाको एडिलेडमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन बनायो । उसका कप्तान केन विलियम्सनले ६१ रनको अर्धशतकीय पारी खेले । आयरल्यान्डका जोश लिटिलले ह्याट्रिक विकेट लिए । उनले १८औँ ओभरमा तीन विकेट लिएका हुन् । दोस्रो बलमा केन विलियम्सन क्याच आउट भए ।

तेस्रो र चौथो बलमा जेम्श निसम र मिचेल सान्टनारल एलबीडब्लू आउट भए । यो विश्व कप समूह चरणमा श्रीलङ्कासँगको खेलमा यूएईमा स्पिनर कार्तिक मयाप्पनले ह्याट्रिक विकेट लिएका थिए । लिटल जारी विश्व कपमा ह्याट्रिक लिने दोस्रो खेलाडी हुन् । ब्रेटलीले २००७ को टी–२० विश्व कपमा बङ्लादेशविरुद्ध ह्याट्रिक लिँदै इतिहास रचेका थिए ।

गएको वर्ष टी–२० विश्व कपमा तीन वटा ह्याट्रिक भए । दक्षिण अफ्रिकाका कागिसो रबाडाले इङ्ल्यान्ड, आयरल्यान्डका कर्टिस क्याम्फरले नेदरल्यान्ड्स तथा श्रीलङ्काका वानिन्दु हसरङ्गाले दक्षिण अफ्रिकासँगको खेलमा ह्याट्रिक गरेका थिए ।

आजको खेलमा आयरल्यान्डले जितका लागि १ सय ८६ रनको लक्ष्य पाएको छ । सुपर १२ को समूह ‘१’ मा शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न न्युजिल्यान्डलाई आजको खेल जित्नैपर्ने दबाब छ । आज हुने दोस्रो खेलमा दिउँसो पौने २ बजे अस्ट्रेलिया र अफगानिस्तान खेल्दैछन् । यो खेल पनि अस्ट्रेलियाको एडिलेडमा हुनेछ ।

सुपर १२ को समूह ‘१’ मा न्युजिल्यान्ड ४ खेलमा ५ अङ्कका साथ शीर्षस्थानमा छ । समान खेलमा ५ अङ्क नै भएको इङ्ल्यान्ड दोस्रो अस्ट्रेलिया तेस्रो स्थानमा छ । श्रीलङ्का ४ खेलमा ४ अङ्ककासाथ चौथो, आयरल्यान्ड ४ खेलमा ३ अङ्कका साथ पाँचौँ र अफगानिस्तान ४ खेलमा २ अङ्कसहित पुछारमा छ ।

हिजो भएको सुपर १२ समूह ‘२’ को एक मात्र खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई डकवर्थ पद्धतिको आधारमा ३३ रनले हराएर सेमिफाइनल खेल्ने सम्भावना कायमै राखेको छ । पाकिस्तानले अन्तिम खेल आइतवार बङ्लादेशसँग खेल्नेछ ।

पाकिस्तानले सेमिफाइनल खेल्न बङ्लादेशलाई फराकिलो अन्तरले हराउनुपर्छ भने आइतवार नै भारत र दक्षिण अफ्रिकाले खेल्ने खेलको नतिजामा पनि भर पर्नेछ । भारतले आइतवार जिम्बाब्वेसँग र दक्षिण अफ्रिकाले नेदरल्यान्ड्ससँग खेल्नेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?