दोस्रो एकदिवसीयमा यूएईले नेपाललाई दियो १ सय ९२ रनको लक्ष्य

दोस्रो एकदिवसीय क्रिकेटमा यूएईले नेपाललाई १ सय ९२ रनको लक्ष्य दिएको छ । किर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४३ ओभर २ बलमा १ सय ९१ रनमा अलआउट भयो । यूएईका मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतक बनाए ।

यस्तै अलिशन शराफुले ३५ रन जोड्दा भ्रित्य अरबिन्दले २५ रन जोडे । नेपालका सोमपाल कामी र ललित राजवंशीले समान ३ विकेट लिए । त्यस्तै करन केसी, गुल्सन झा, दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १/१ विकेट लिए ।

नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ । श्रृंखला जोगाउन नेपाललाई आज जित्नैपर्ने दबाब छ । अस्ति सोमबार भएको पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो । योसँगै तीन एकदिवसीय खेलको श्रृंखलामा यूएईले १–० को अग्रता बनाएको छ । आजको खेल जिते यूएईले श्रृंखला जित्नेछ । दुई देशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल शुक्रबार हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?