पोल्याण्डमा क्षेप्यास्त्र खसेपछि जी–७ देशका प्रमुखहरूको आपतकालीन बैठक

एजेन्सी । युक्रेनलाई लक्षित गरी प्रहार भएको क्षेप्यास्त्र पोल्याण्डमा खसेपछि जी–७ देशका प्रमुखहरुको आपतकालीन बैठक बसेको छ ।

इन्डोनेसियाको बालीमा चलिरहेको जी–२० बैठकका क्रममा जी–७ देशका शीर्ष नेताहरु छलफलमा जुटेका बीबीसीले जनाएको छ । अमेरिका, इटाली, जर्मनी, फ्रान्स, बेलायत, जापान र स्पेनका नेताहरूको उपस्थिति रहेको बैठकको तस्बिर सार्वजनिक भएको छ ।

उनीहरुले पोल्याण्डमा खसेको मिसाइलबारे छलफल गरेका छन् । उनीहरूबाहेक युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल र युरोपियन युनियनका आयुक्त पनि यस बैठकमा सहभागी थिए । पोल्याण्ड नेटो सैन्य गठबन्धनको सदस्य हो । यो मिसाइल रुसबाट प्रहार भएको पुष्टि भएमा यसले द्वन्द्व थप बढाउने जोखिम रहने विश्लेषण गरिएको छ ।

यो घटनामा दुई जना मारिएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले प्रहार गरेको मिसाइल पोल्याण्डमा खसेको दाबी गर्नुभएको छ । तर रुसले आफ्नो संलग्नता अस्विकार गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनसँगको पोल्याण्ड सीमा नजिक कुनै मिसाइल आक्रमण गरिएको छैन । पोल्याण्डले पनि आफ्नो देशमा मिसाइल खसेको घटनाबारे छानबिन गरिरहेको बताएको बीबीसीले जनाएको छ । जी–२० सम्मेलन आज सकिँदैछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?