अर्घाखाँची सहकारी संस्थाको अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः द्रोण प्रसाद भुसाल निर्बिराेध

हिम लेकाली,
अर्घाखाँची । अर्घाखाँची बचत तथा ऋण सहकारी संस्था लि । को १७ औ वार्षिक साधारण सभा तथा अधिवेशन सन्धिखर्कमा शुक्रबार सम्पन्न भएको छ ।

अधिबेशनमा प्रमुख अतिथि सन्धिखर्क नगरपालिका सहकारी प्रमुख जिवनारायण आचार्यले सहकारिको महत्वबारे प्रकाश पार्दै सहकारिले प्रदान गरेको सहुलियतदरको ऋण तथा विभिन्न कृयाकलापले उद्यमी तथा पौरखी हातहरूलाई ठूलो टेवा पुगेको बताए ।

उनले सहकारिको माध्यबाट राष्ट्र तथा जनता समृद्धि को मार्गमा अघि बड्न सक्ने भएकोले यसलाई राष्ट्रले अझ गम्भिर ढङ्गले नीति बनाएर कार्यान्वयनमा लैजानु पर्ने अहिलेको प्रमुख आवस्यकता भएको बताए । सभामा संस्थापक अध्यक्ष तथा सल्लाहकार बालकृष्ण आचार्य, जिल्ला सहकारी संघ अर्घाखाँचीका उपाध्यक्ष जानका बन्जाडे, जिल्ला बचत संघ उपाध्यक्ष पार्वता भूसालले सहकारिलाई स्थानीय तहले सहकारी कार्यविधि अनुसार दिर्घकालिन योजना बनाएर लैजानु पर्ने बताउँदै एउटै लक्ष र उद्देश्य बोकेर लागेका अर्घाखाँचीका सहकारिहरूले सहकारी भावना र मर्म अनुसार उत्कृष्ट कामहरू गरेर सहकारी क्षेत्रलाई माथी उठाउन सघाउ पुर्‍याउनु पर्ने बताए ।

सभामा अध्यक्ष द्रोण प्रसाद भुसाल द्वारा अध्यक्षको प्रतिवेदन, लेखा समिति संयोजक टामलाल पाण्डेद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

No description available.

बार्षिक साधारण सभाको अवसरमा संस्थाले प्रत्येक बर्ष जस्तै यस बर्ष पनि कभभ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्य का सन्ततीहरूलाई नगद सहित पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरूमा निजि विद्यालय तर्फ सुस्मिता थापा,र प्रतीक पोख्रेल सामुदायिक विद्यालय बाट संयोग पौडेल र सोनिया घिमिरे रहेका छन् ।

No description available.

यसै गरि जेष्ठ सेयर सदस्य जनार्दन खनाल ,चेत बहादुर पौडेल ,पशुपति ढकाल ,थम्मन बहादुर रिजाल ,कृष्ण प्रसाद खनाल, जगन्नाथ मरासिनि ,राम प्रसाद चुँदाली , तथा पत्रकारिताको क्षेत्र बाट संस्थालाई सहयोग पुर्याउने पत्रकार हिम लेकाली समेतलाई सम्मान गरिएको छ ।

No description available.
सोहि अवसरमा संस्थामा रहि अतुलनिय कार्य गर्ने पूर्व सन्चालक समितिका महानुभावहरूलाई पनि सम्मान गरेको छ यसरी सम्मानित हुनेहरूमा बालकृष्ण आचार्य , बुद्धिराम भुसाल , शालिकराम आचार्य , लिलबहादुर राउत , चुरामणि भट्टराई , चिरञ्जीवी बस्याल ,बलराम मिश्र , दिलिप केसि ,कमल पन्थी ,कविराम खनाल ,देबि बि.क. , रहेका छन् ।

अधिवेशन ले पुन दोश्रो कार्यकाल पनि सर्वसम्मत रूपमा दोर्ण प्रसाद भुसालको अध्यक्षतामा बाबुराम शर्मा उपाध्यक्ष ,बिष्णु प्रसाद बस्याल सचिव , जगन्नाथ भुसाल कोषाध्यक्ष र पुष्पा न्यौपाने ,बिष्णुमाया आचार्य , नेता भुसाल , बिष्णु प्रसाद आचार्य , कल्पना पोख्रेल सदस्य रहेको नौ सदस्यीय सन्चालक समितिको गठन गरेको छ भने लेखा समितिको संयोजकमा टामलाल पाण्डे र सदस्यहरूमा वसन्त आचार्य क्षेत्री र सुनिता बेल्बासे रहेका छन् ।

सल्लाहकार समिति,ऋण उप समिति ,धितो मुल्यांकन उप समिति ,सूचना सन्चार उप समिति ,महिला विकास उप समिति ,शिक्षा उप समिति ,जस्ता महत्त्वपूर्ण समितिहरू पछि सन्चालक समितिको बैठकले पूर्णता दिने बताईएको छ।
उक्त कार्यक्रमको अध्यक्षता दोर्ण प्रसाद भुसाल सन्चालन सचिव बिष्णु बस्याल र स्वागत उपाध्यक्ष बाबुराम शर्माले गरेका थिए ।

यस संस्थाको हाल सम्मको शेयर पूँजी ७८ लाख १३ हजार रहेको र शेयर सदस्य संख्या ६७९ पुगेको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?