प्रदेश १ मा आज नयाँ सरकार बन्दै

प्रदेश १ मा आज नयाँ  सरकार बन्दै छ। सरकार गठनका लागि  प्रदेश प्रमुख परशुराम खापुङले आइतबार ५ बजेसम्मका लागि समय दिएका छन्।

आमनिर्वाचन सकिएको डेढ महिना बिते पनि प्रदेश १ सरकारको खाका अझै आइसकेको छैन। गठबन्धन दलहरूबीच भागबन्डा नमिलेका कारण प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढेको छ।

९३ सदस्यीय प्रदेश १ मा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एकजना प्रदेशसभा सदस्य छन्।

सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्दछ । एमाले नेतृत्वको गठबन्धनसँग ६० जना प्रदेशसभा सदस्य भएकाले सरकार गठनका लागि सहज छ। तर मुख्यमन्त्रीमा नेकपा एमाले र माओवादी केन्द्र दुवैले दाबी गरेका कारण सहमति जुट्न सकेको छैन्।

सातवटै प्रदेशका मुख्यमन्त्री, सातवटै सभामुखको प्याकेजमै भागबन्डा हुने भएकाले सरकार गठनमा केही ढिलाइ भएको बताइएको छ।  गठबन्धनका नेताहरूले प्रदेश प्रमुखले दिएको समयसीमाभित्रै सरकार गठन गर्ने दाबी गरेका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?