चिलीका दर्जनौँ जङ्गलमा डढेलाे : २३ जनाको ज्यान गयो, ९ सय जनाभन्दा धेरै घाइते

एजेन्सी । चिलीका दर्जनौँ जङ्गलमा लागेको डढेलोका कारण कम्तीमा २३ जनाको ज्यान गएको छ । राजधानी सान्टियागोबाट झण्डै ५ सय किलोमिटर टाढा रहेको सान्ता जुआना सहरमा अग्नि नियन्त्रकसहित ११ जनाले ज्यान गुमाएका छन् । आगो फैलन नदिन अर्जेन्टिना र ब्राजिलका ६३ वटा विमानले प्रयास गरेका छन् ।

आपत्कालीन सहयोगमा पुगेको हेलिकप्टर समेत दुर्घटना भएको गृहमन्त्री क्यारोलिना तोहाले जानकारी दिनुभएको छ । पछिल्लो विवरण अनुसार विभिन्न ठाउँमा भएको आगलागीमा परि ९ सय ७९ जना मानिस घाइते भएका छन् ।

आगलागी भएका क्षेत्रका ११ सयभन्दा धेरै मानिसलाई सुरक्षित आश्रयस्थलमा राखिएको समाचार संस्था रोयटर्सले जनाएको छ । सरकारले डढेलो लागेका क्षेत्रमा आपत्कालीन आदेश जारी गरेको छ । आगो निभाउन थप सेना परिचालन गरिएको छ । गर्मीको लहरले आगो निभाउने प्रयास थप जटिल बनाएको छ । त्यहाँको मौसम विभागले अझै केही दिन स्थिति थप बिग्रने चेतावनी दिएको छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?