सोसल मिडिया अकाउन्ट ह्याक भयो ? फिर्ता ल्याउन यसो गर्नुहोस्

काठमाडाैं । ह्याकर वा अनधिकृत व्यक्तिकाे पहुँचमा पुगिसकेकाे सामाजिक सञ्जाल अकाउन्ट पुनः फिर्ता ल्याउने विभिन्न तरिका छन् । कहिलेकाहीँ यो प्रक्रिया अलि लामाे हुनसक्छ भने कहिलेकाँही छिटै अकाउन्ट फिर्ता आउनसक्छ ।

ध्यान दिनुपर्ने कुरा भनेको ह्याकरले अकाउन्टमा धेरै कुराहरु जस्तै; युजरनेम, पासवर्ड, सम्पर्क विवरण आदि परिवर्तन गरेकाे छ भने रिकभर गर्न वा पूर्व अवस्थामा ल्याउन झन्झट हुन्छ ।

अकाउन्ट ह्याक भएकाे थाहा पाउने उपाय:

-तपाईंले कहिल्यै नखिचेका फाेटाे तथा भिडिओहरु तपाईंकाे अकाउन्टबाट अपलाेड हुनु ।

-अकाउन्टमा जाेडिएका साथीहरुले अनावश्यक मेसेज प्राप्त गर्नु ।

-तपाईंले प्रयाेग गरिरहने डिभाइसबाट लगइन नहुनु ।

यदि यस्ता वा यस्तै प्रकृतिका समस्या भाेगिरहनु भएकाे छ भने सामाजिक सञ्जाल कम्पनीले तपाईंलाई तत्काल पासवर्ड परिवर्तन गर्न सुझाव दिन्छन् । यस्तो सुझावसँग जोडिएको नोटिफिकेसनलाई ध्यान दिनु जरुरी हुन्छ ।

अब तपाईंले नयाँ पासवर्ड राख्दा पुराना पासवर्डहरु दाेहाेर्‍याउनु हुँदैन ।

याेसँगै बलियाे पासवर्ड राख्नुपर्छ । यदि पासवर्ड परिवर्तन गर्न खाेज्दा पनि भएन भने जतिसक्दाे चाँडाे कम्पनीमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

अकाउन्ट ह्याक हुँदा रिकभर गर्ने तरिका:  

एप्पल

तपाईंकाे एप्पल आईडीमा अनलाइन सब्सक्रिप्सन, विभिन्न सेवामा खर्च गरेकाे विवरण साथै व्यक्तिगत जानकारी हुन्छ । यदि आईक्लाउड प्रयाेग गर्नुहुन्छ भने ह्याकरले तपाईंकाे सम्पर्क विवरण, फाेटाे/भिडिओ, नाेट, जीपीएस लाेकेसन आदिमा पहुँच प्राप्त गर्न सक्नेछन् ।

-एप्पलमा पासवर्ड परिवर्तनका लागि सुरुमा एप्पल आईडी साइन इन पेजमा जानुहाेस् ।

-त्यसपछि साइन इनमा क्लिक गर्नुहाेस् । यदि तपाईंकाे एप्पल आईडी लगइन भएन भने एप्पलकाे अरु डिभाइस जस्तै; म्याक, आईफाेन अथवा आईप्याडबाट काेसिस गर्नुहाेस् ।

-म्याकमा एप्पल आईडीमा जानका लागि सुरुमा एप्पल मेनुमा क्लिक गर्नुहाेस् ।

-त्यसपछि ‘सिस्टम प्रिफरेन्सेस’ मा क्लिक गर्नुहाेस् । अब तपाईंले एप्पल आईडीकाे पेज फेला पार्न सक्नुहुन्छ । त्यस्तै आईफाेन र आईप्याडमा एप्पल आईडीका लागि सेटिङमा गएर आफ्नाे नाममा क्लिक गर्नुहाेस् ।

-अब ‘पासवर्ड एन्ड सेक्युरिटी’मा क्लिक गर्नुहाेस् । यसपछि तपाईंले पासवर्ड परिवर्तन गर्न सक्नुहुन्छ ।

यदि यी तरिकाबाट काम भएन भने तपाईं एप्पलकाे कस्टमर सर्भिसमा प्रत्यक्ष कल गर्नपर्ने हुन्छ । यसबाट सहयाेग लिनका लागि कुनै मिति चयन गर्न सक्नुहुन्छ । यसका लागि यहाँ क्लिक गर्नुहाेस् ।

फेसबुक

आफ्नो फेसबुक अकाउन्ट ह्याक भएकाे छ भने सुरुमा यहाँ क्लिक गर्नुहाेस् ।

-अब ‘माई अकाउन्ट इज कम्प्रमाइज्ड’ मा क्लिक गर्नुहाेस् ।

-अर्काे पेजमा तपाईंकाे ईमेल र माेबाइल नम्बर टाइप गर्नुहाेस् ।

-अब पुरानाे पासवर्ड टाइप गरेर लगइन गर्नुहाेस् । यदि ह्याकरले तपाईंकाे अकाउन्टकाे पासवर्ड मात्र परिवर्तन गरेकाे छ भने तपाईंले यहाँबाट अकाउन्ट पुन: आफ्नाे कन्ट्राेलमा लिन सक्नुहुन्छ । यसका लागि लगइन भएपछि नयाँ पासवर्ड राख्नुहाेस् ।

यदि यहाँ अकाउन्ट लगइन भएन भने तपाईंले पेजमा भएकाे ईमेल एड्रेसमा मेल पठाउन सक्नुहुनेछ । यसाे गर्दा प्रतिक्रियाका लागि समय लाग्नसक्छ । यदि यसाे गर्दा समेत भएन भने तपाईंले ‘नाे लङ्गर ह्याभ एक्सेस टु दिस?’ मा क्लिक गरेर तपाईंले आफ्नाे अकाउन्ट खाेज्‍न सक्नुहुनेछ ।

फेसबुकले यहाँ तपाईंकाे अकाउन्ट कुन ठाउँबाट, कुन डिभाइसबाट लगइन भएकाे देखाउनेछ ।

यदि यी सबै गर्दा पनि भएन भने तपाईंले आफूसँग सम्बन्धित १३ प्रकारका कागजात जस्तै: चालक अनुमतिपत्र, पासपाेर्ट, विवाहकाे प्रमाणपत्र, नागरिकता आदिबाट अकाउन्टमा  पहुँच प्राप्त गर्न सक्नुहुन्छ । जसका लागि १३ प्रकारका कागजपत्रमध्ये कुनै एक तपाईंले समातेकाे फाेटाे फेसबुकलाई पठाउनुपर्ने हुन्छ ।

यी सबै कुरा तपाईंले ‘नाे लङ्गर ह्याभ एक्सेस टु दिस्’ पेजमा गर्नुपर्ने छ । अब यस पछाडिकाे प्रक्रियाबारे फेसबुकले तपाईंलाई मेल पठाउनेछ ।

गुगल

गुगल अकाउन्टमा पहुँच गुम्याे भने धेरै कुराहरु जस्तै: जिमेल, ड्राइभ, युट्युब लगायत अरु सेवाहरुमा समेत असर पुग्दछ । यदि तपाईंलाई आफ्नाे गुगल अकाउन्टमा ह्याक भएकाे लागेकाे छ भने सुरुमा लगइन गर्ने काेसिस गर्नुहाेस् ।

-यदि लगइन भएन भने गुगल अकाउन्टकाे रिकभरी पेजमा जानुहाेस् । त्यसमा तपाईंले आफ्नाे ईमेल एड्रेस राख्नुहाेस् ।

-अब तपाईंले राखेकाे अन्तिम पासवर्ड टाइप गर्नुहाेस् ।

-यदि यसले पनि काम गर्दैन भने ‘ट्राइ एनाेदर वे’ मा क्लिक गर्नुहाेस् । अब तपाईंले आफ्नाे अकाउन्टमा राखेकाे रिकभरी ईमेल एड्रेसमा गुगलले काेड पठाउने छ । उक्त काेड टाइप गरेपछि तपाईंले नयाँ पासवर्ड राख्‍नु पर्ने हुन्छ ।

यदि तपाईंले अकाउन्टमा रिकभरी ईमेल एड्रेस राख्‍नु भएकाे छैन, अथवा उक्त अकाउन्टमा पहुँच छैन भने पुन: ‘ट्राइ एनाेदर वे’ मा क्लिक गर्नुहाेस् । त्यहाँ तपाईंलाई गुगलले फाेन नम्बर माग्‍नेछ ।

तपाईंले फाेन नम्बर राखेपछि गुगलले त्याे नम्बरमा काेड पठाउने छ वा कल गर्नेछ । काेड प्राप्त गरेपछि अकाउन्टकाे पासवर्ड परिवर्तन गर्नुहाेस् ।

यसाे गर्दा पनि भएन भने ‘आई डन्ट ह्याभ माइ फाेन’ मा क्लिक गर्नुहाेस् । अब गुगलसँग तपाईंकाे बारेमा कति जानकारी छ, त्यसका आधारमा तपाईं नै हाे भनेर निश्चित गर्नका लागि गुगलले प्रश्न साेध्नेछ । तर याे विधि भने तपाईंकाे ‘भाग्य’मा भर पर्ने कुरा हाे ।

हालसम्म गुगलले यस समस्या समाधानका लागि कुनै पनि प्रतिनिधि राखेकाे छैन । यदि तपाईंले गुगलकाे नम्बर ६५०-२५३-००० मा कल गर्नुहुन्छ भने ‘भाेइस बट’ले तपाईंलाई माथिकै प्रक्रिया बताउने छ ।

इन्स्टाग्राम

-तपाईंकाे युजर नेम र पासवर्डबाट लगइन भएन भने ‘लग इन विथ फेसबुक’ मा क्लिक गर्नुहाेस् । तर यसका लागि तपाईंले फेसबुक र इन्स्टाग्राम अकाउन्ट लिङ्क गरेकाे हुनुपर्छ ।

-यसाे गर्दा पनि हुँदैन भने ‘फर्गट पासवर्ड’  मा क्लिक गर्नुहाेस् । अब फाेन नम्बर अथवा ईमेल एड्रेस टाइप गर्नुहाेस, जसमा इन्स्टाग्रामले तपाईंलाई काेड पठाउने छ । उक्त काेड हालेपछि तपाईंले नयाँ पासवर्ड राख्‍नुपर्ने हुन्छ ।

-यदि याे तरिकाले काम गरेन भने लगइन गर्नका लागि प्रयाेग गरेकाे पछिल्लाे विवरण टाइप गरेर ‘कान्ट रिसेट याेर पासवर्ड?’ मा क्लिक गर्नुहाेस् ।

-अब ‘इन्स्टाग्राम: हेल्प पेज’ मा जानु हुनेछ । त्यहाँ ‘आई थिङ्क माई इन्स्टाग्राम अकाउन्ट ह्याज बिन ह्याक्ड’ मा क्लिक गर्नुहाेस् ।

-यसकाे पेज स्क्राेल गर्दै जाँदा ‘रिक्वेस्ट अ सेक्युरिटी काेड अर सपाे‍र्ट फर्म इन्स्टाग्राम’ देखिन्छ । त्यहाँ क्लिक गर्नुहाेस् ।

-अब तपाईंलाई एन्ड्राेइड अथवा आईओएसमा सहयाेगका लागि कसरी रिक्वेस्ट पठाउने भन्ने थप जानकारी उपलब्ध हुनेछ ।

 

स्न्यापच्याट

-सबैभन्दा सुरुमा लगइन पेजमा गएर आफ्नाे युजर नेम र पासवर्ड टाइप गर्नुहाेस् । यदि लगइन हुँदैन भने ‘फर्गट पासवर्ड’ मा क्लिक गरेर ईमेल अथवा फाेन नम्बर टाइप गर्नुहाेस् ।

-अब काेड प्राप्त गर्नुहुनेछ । उक्त काेड हालेपछि तपाईंकाे पासवर्ड रिसेट हुने छ ।

ह्याकरले तपाईंकाे बारेमा अरु विवरणहरु परिवर्तन गरेपनि यस विधिले काम गर्नेछ । स्न्यापच्याटले तपाईंकाे पुरानाे ईमेलमा ‘भर्खरै पासवर्ड परिवर्तन भयाे । यदि पासवर्ड परिवर्तन गर्ने तपाईं हाेइन भने यहाँ क्लिक गर्नुहाेस्’ भन्ने मेल पठाउनेछ । यसबाट सजिलै तपाईंले आफ्नाे हातमा अकाउन्ट लिन सक्नुहुनेछ ।

यदि कसैगरी लगइन गर्न सक्नुभएन भने सपाेर्ट पेजमा गएर अकाउन्ट रिकभरका लागि फाराम भर्न सक्नुहुन्छ ।

स्पाेटिफाई

-सुरुमा स्पाेटिफाईकाे पासवर्ड रिसेट पेजमा जानुहाेस ।

-त्यहाँ आफ्नाे युजर नेम र ईमेल एड्रेस टाइप गरेपछि तपाईंले पासवर्ड रिसेट गर्ने लिङ्क भएकाे मेल प्राप्त गर्नुहुन्छ ।

-यदि यसाे गर्दा पनि भएन भने स्पाेटिफाइकाे सपाेर्ट पेजमा जानुहाेस् ।

टिकटक

ह्याकरले तपाईंकाे टिकटक अकाउन्टकाे युजरनेम र पासवर्ड परिवर्तन गरेपनि विभिन्न सामाजिक सञ्जालबाट लगइन गर्न सक्नुहुन्छ । तर त्यसका लागि फेसबुक, गुगल, ट्वीटर, एप्पल आदिसँग टिकटक अकाउन्ट लिङ्क भने गरिएकाे हुनुपर्छ ।

-पासवर्ड परिवर्तनका लागि आफ्नाे प्राेफाइलमा क्लिक गर्नुहाेस् ।

-अब तीन ओटा लाइन भएकाे ह्यामबर्गर आईकनमा क्लिक गर्नुहाेस् ।

-‘सेटिङ र प्राइभेसी’मा क्लिक गर्नुहाेस् ।

-अब ‘मेनेज अकाउन्ट’ मा क्लिक गर्नुहाेस् ।

-त्यसपछि ‘पासवर्ड’ चयन गर्नुहाेस् ।

-अब तपाईंकाे ईमेल अथवा फाेनमा टिकटकले ६ अङ्ककाे काेड पठाउने छ । उक्त काेड हालेपछि नयाँ पासवर्ड राख्न पाउनुहुन्छ ।

यदि ह्याकरले तपाईंकाे ईमेल अथवा फाेन नम्बर परिवर्तन गरेकाे छ भने सहयाेगका लागि अनुराेध पठाउन सक्नुहुन्छ । यसका लागि यहाँ क्लिक गर्नुहाेस् । अथवा feedback@tiktok.com मा मेल पठाउनुहाेस् ।

ट्वीटर

-पासवर्ड रिस‍ेट पेजमा गएर ईमेल, फाेन नम्बर अथवा युजरनेम टाइप गर्नुहाेस् ।

-अब ईमेल एड्रेस वा फाेनमा काेड प्राप्त गर्नुहुनेछ । उक्त काेड राखेपछि आफ्नाे अकाउन्टमा पहुँच प्राप्त गर्न सक्नुहुन्छ ।

यदि ट्वीटरले लगइन लिन मानेन भने हेल्प सेन्टरमा जानुहाेस् ।

 

अब अकाउन्टकाे सरक्षा बढाउनुहाेस्

ह्याक भएकाे अकाउन्ट फिर्ता लिएपछि सुरुमा गर्ने काम भनेकाे त बलियाे पासवर्ड राख्ने हाे । यसका लागि तपाईंले पासवर्ड मेनेजरकाे प्रयाेग गर्न सक्नुहुन्छ । यसपछि ‘टु फ्याक्टर’ अथवा ‘मल्टिफ्याक्टर अटेन्थिफिकेसन’काे प्रयाेग गर्ने विकल्प तपाईँसामु छ, जसले तपाईंकाे अकाउन्टलाई थप सुरक्षित राख्‍नेछ ।

यसबाहेक सार्वजनिक स्थलमा रहेका फ्रि वाई-फाई सकेसम्म कम प्रयाेग गर्नुहाेस् । असुरक्षित वेबसाइटहरुमा आफ्नाे सामाजिक सञ्जालहरु प्रयाेग नगर्नुहाेस् । यस्ता सामान्य काम गरेर हामी आफ्नाे अकाउन्टकाे सुरक्षा बढाउन सक्छाैँ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
TechPana
लेखकको बारेमा

TechPana

टेकपाना सूचना प्रबिधिकाे भरपर्दाे अनलाइन हाे । 

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?