सहकारी धेरै होइन राम्रो बनाउन लाग्नुपर्छ : प्रमुख श्रेष्ठ

अर्घाखाँची । सहकारीहरु धेरै नभइ थोरै र गुणस्तरीय हुन आवश्यक रहेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताएका छन् ।

सनिवार त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभामा बोल्दै श्रेष्ठले सहकारीहरुले आफ्नो गुणस्तरलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका थिए । अर्घाखाँचीमा पनि सहकारीको संख्या क्षमता भन्दा धेरै भएको बताउँदै सहकारीको संख्या थोरै र राम्रो हुनुपर्ने श्रेष्ठको भनाइ छ ।”अन्य जिल्लाका सहकारीका मालिकहरु पैसा उठाएर भागेको धेरै सुनिएको छ तर अर्घाखाँचीमा त्यस्तो देखिएको छैन,” उनले भने “सहकारीले जनताको विश्वास जित्दै आर्यआर्जन गर्नुपर्छ ।” श्रेष्ठले त्रिवेणी सहकारीले गरेका कामहरु प्रशंसनीय रहेको जिकिर गरे । उनले त्रिवेणीका संचालक समिति तथा सेयर सदस्यहरु इमानदार रहेको पनि बताए ।

२०६८ सालमा २५ जनाबाट १,२५,००० शेयर पुँजी जम्मा गरि संचालन भएको त्रिवेणी सहकारीको अहिले ९९९ शेयर सदस्य, २४९ बाल सदस्य रहेका छन् भने १६ करोड ९० लाख भन्दा माथि कुल पुँजी रहेको छ । सहकारीका सदस्यलाई त्रिवेणीले मालिक भन्ने गरेको छ । प्रत्येक दिन पहिलो कारोबार गर्ने सेयर सदस्यबाट दीप प्रजवलन गरि त्यो दिनको कारोबारको सुर्वात हुने गरेको सहकारीका अध्यक्ष कमल प्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार प्रत्येक दिनको पहिलो सेयर मालिकलाई महिनामा गोला प्रथाबाट बिजेता छनोट गरि सम्मान गरिने गरेको छ । त्रिवेणीमा गरेको लगानी डुब्ने चिन्ता नभएको अध्यक्ष घिमिरेले बताए । उनले त्रिवेणीले सेयर सदस्यको लगानी उचित र राम्रो ठाउँमा लगानी गरेको उनको भनाइ छ ।

जिल्लामा त्रिवेणीले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको सन्धिखर्क नगरपालिका वडा नं। २ का अध्यक्ष मोतिजंग रायमाझील बताए । त्रिवेणी सहकारीले ुमष्तिस्कमा समझदारी, काँधमा जिम्मेवारी, हृदयमा इमानदारीु भन्ने मन्त्रलाई आत्मसात गर्दै काम गरेको उनको भनाइ छ ।

No description available.

कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष लक्ष्मण कंडेल र अर्घाखाँची बचत तथा ऋण सहकारीका अध्यक्ष द्रोण प्रसाद भुसालले सहकारी किन बिग्रेका हुन भन्ने मुख्य कारण जान्न वा थाहा पाउनु आजको आवश्यक रहेको जिकिर गरे । सहकारीका संचालक, शेयर सदस्यहरुले पनि आफ्नो भुमिकालाई निर्वाह गर्न आग्रह गरे ।

No description available.

कार्यक्रममा विभिन्न प्रतिवेदनहरु प्रस्तुत भएका थिए । जसमा संचालक समितिको प्रतिवेदन अध्यक्ष कमल प्रसाद घिमिरेले कोषाध्यक्षको प्रतिवेदन टोपलाल खनालले, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन चोपनारायण बन्जाडेले र व्यवस्थापकको प्रतिवेदन तुल्सिराम खनालले प्रस्तुत गरेका थिए ।

No description available.

कार्यक्रममा विभिन्न विधामा सम्मान गरिएको थियो । जसमा कृष्णप्रसाद पोख्रेललाई जेष्ठ शेयर सदस्य सम्मान, ८ जना ९माया आले, टेकराज पुन मगर, फर्सुराम भुसाल, पवित्रा सापकोटा, ओम बहादुर रोका, शिव प्रसाद बन्जाडे, ओमनाथ भुसाल, तुल्सा खत्री० लाई असल कारोबारी सम्मान, पत्रकार नवीन रसाइलीलाई पत्रकारिता सम्मान, एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यहरुका छोराछोरी मध्ये चार जना सुविन बेल्बासे, आकृति सापकोटा, डेबिट खनाल र अनु बेल्वासेलाई विद्यार्थी सम्मान, प्रत्येक महिनाको पहिलो मालिक सम्मान र कर्मचारी सम्मान गरिएको थियो ।

त्रिवेणी पत्रकार सम्मान नविनलाई

No description available.

त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रत्येक वर्ष विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ । सहकारीले १२ औं वार्षिक साधारण सभाबाट त्रिवेणी पत्रकारिता सम्मान नवीन रसाइलीलाई गरेको छ । सहकारीको क्षेत्रमा चलाएको कलमको मुल्यांकन गर्दै यस वर्षको त्रिवेणी सहकारी सम्मान मार्फत रसाइलीलाई सम्मान गरिएको अध्यक्ष घिमिरेले बताए ।

रसाइली अर्घाखाँचीमा रहेर विगत ३ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । उनी सामुदायिक रेडियो सूर्योदय, गौतमबुद्व सन्देश राष्ट्रिय दैनिक, प्रेस लुम्बिनी डटकम, अर्घाखाँची टाइम्स राष्ट्रिय साप्ताहिक लगायतका मिडियामा काम गर्छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?