आठौं पाणिनि महोत्सव फागुन ६ गतेबाट हुने

अर्घाखाँची । पाणिनि पर्यटन समाजले हरेक वर्ष आयोजना गर्ने पाणिनि कृषि, पर्यटन, उद्योग र व्यापार महोत्सव फागुन ६ गते देखि हुने भएको छ ।

आठौं संस्करण उक्त महोत्सव फागुन ६ गते देखि १८ गते सम्म पाणिनि गाउपालिकाको कुरुले फाँटमा हुनेछ । आयोजकले दुर्गाफाटमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो । बिगतका वर्षमा कम समयको लागि हुँदै आएको महोत्सव यसवर्ष १३ दिनसम्म संचालन हुने आयोजक पाणिनि पर्यटन समाजका अध्यक्ष झबिन सुनामले जानकारी दिए ।

“कृषि, पर्यटन, उद्योग र व्यापार, पाणिनिको आर्थिक समृद्धि विकासको मूल आधार” भन्ने मुल नारासहित आयोजना हुन लागेको महोत्सवको मुख्य उद्देश्य पाणिनिलाई चिनाउने र पाणिनिको प्रचारप्रसार गर्नु रहेको आयोजकले जनाएको छ । महोत्सवमा कृषि प्रदर्शनी, फोटो प्रदर्शनी, बालुद्धान, डान्स आइडल, सिंगिंङ आइडल, भजन लगायत विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साथमा सांस्कृतिक प्रस्तुती रहने छ ।

पाणिनि पर्यटन समाजको आयोजना, भिजन लुम्बिनी इन्टरटेन्टमेन्ट प्राली मुख्य आयोजक, पाणिनि गाउपालिका संरक्षक र लुम्बिनी पर्यटन बोर्ड प्रवर्द्धक रहेको महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने आयोजकले जानकारी दिएको छ ।

आयोजकले १५ वटा उपसमिति बनाएर तयारी सुरु गरेको छ । महोत्सव तीस हजार दर्शकले अबलोकन गर्ने आयोजकले अनुमान गरेको  छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?