अर्घाखाँचीको सन्धिखर्कमा रहेको लदाम बगैंचामा आउने पर्यटकहरुलाइ लक्षित गरी सशस्त्र प्रहरी बल अर्घाखाँचीले खानेपानीको धारा जडान गरेको छ ।
सशस्त्र प्रहरीको आउदै गरेको २४ औं दिवसको अवसरमा लदाम बगैंचामा खानेपानीको धारा जडान गर्नुका साथै, सरसफाइ र रंगरोगन समेत गरिएको सशस्त्र प्रहरी अर्घाखाँचीका प्रमुख डिएसपी भिमसेन बोहराले बताउनुभयो ।
पछिल्लो समय पार्कको रुपमा विकसित हुदै गएको यो बगैंचामा विभिन्न बन्यजन्तुका आकृतीहरु निर्माण गरिएको छ । बगैंचामा आउने पर्यटकहरुलाइ खानेपानीको समस्या भएको महशुस गरी खानेपानीको धारा निर्माण गरिएको र रंगरोगन गरेर बगैंचालाई चिटिक्क पारिएको सशस्त्र प्रहरीका डिएसपी बोहराको भनाइ छ ।
सन्धिखर्कको बजार नजिकै रहेको यो बगैंचामा जाने पर्यटकहरु पछिल्लो समय बढि रहेका छन् ।