रोजगारी खोज्ने होइन, सिर्जना गर्ने सोच!

उनको व्यवसायले स्थानीयस्तरमै ३-४ जनालाई रोजगारीसमेत दिएका छन् । करोडौं रुपैयाँको वार्षिक कारोबार गर्ने उनी पशु व्यवसायसँगै विभिन्न सामाजिक संघसंस्थामा पनि क्रियाशील छन्।

सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा जन्मिएका प्रदिप आचार्य, बुवा जिबलाल आचार्य र आमा इन्द्रकला आचार्यका जेठा छाेरा हुन । हाल सन्धिखर्क–२ घोचाखोला निवासी एक युवा व्यवसायी आचार्यको संघर्षमय जीवनकथा धेरैका लागि प्रेरणाको स्रोत बनेको छ। सामान्य परिवारमा जन्मिएका उनले सानै उमेरदेखि आत्मनिर्भर बन्ने संकल्प गरे।

२०६४ सालमा एसएलसी परीक्षा दिएपछि भेटेरिनरी जे.टी.ए. अध्ययन गरेका उनी पछि बुटवलमा इलेक्ट्रिकल ओभरसियर अध्ययन गर्न गए। अध्ययनकै क्रममा आर्थिक रूपमा आत्मनिर्भर बन्ने सोच राखेर घर-घरमा विद्युत वायरिङ र प्लम्बिङको ठेक्का लिएर काम गर्न थाले। केही समय एग्रोभेटमा मार्केटिङको काम गर्दै न्यून आर्थिक स्रोतबीच संघर्ष गरिरहे।

तर, अरूको निगरानीमा काम गरेर भविष्य सुरक्षित हुँदैन भन्ने सोच राखेर उनी ओभरसियर अध्ययनपछि पुनः अर्घाखाँची फर्किए। यहाँ आएर आचार्य एग्रोभेट सेन्टर व्यवसाय सुरु गर्दा उनलाई अनेकन आलोचनाहरू सहनुपर्‍यो। कतिले उनलाई व्यापार सम्भव छैन भने, कतिले बुटवल छोडेर गाउँमै बसेकोमा हँसीमजाक गरे। तर, उनले निरन्तर मेहनत गरे, फरक तरिकाले उही कामलाई उत्कृष्ट रूपमा गर्दै गए। अहिले १२ वर्षपछि, उनले आफूलाई सफल व्यवसायीका रूपमा स्थापित गरिसकेका छन्।

व्यवसायिक यात्रामा उनले परिवारलाई पनि अघि बढाए। कृषि विषय अध्ययन गरेका उनले आफ्ना भाइलाई समेत कृषि अध्ययन गराए। दुई भाइमात्र रहेको परिवारमा दिदीबहिनी नभए पनि उनीहरूले परस्पर सहयोग गरेर व्यवसाय अगाडि बढाए। दुई भाइको बिहे एकैपटक गरे, उनको श्रीमतीले उच्च शिक्षा अध्ययन सकेर भेटेरिनरी अध्ययन गरिन् र अहिले व्यवसाय सम्हाल्दै छिन्।

परिवारका सबै सदस्य कृषि पेशामा संलग्न छन्। २५ रोपनी जमिनमा तरकारी खेती गर्दै उनले कृषिमा नयाँ प्रविधिको प्रयोग गरेर सफलता हात पारेका छन्। लामो समयसम्म भारतमा रोजगारको खोजीमा रहेका उनका बुबालाई समेत स्वदेशमै सम्भावना देखाउँदै फिर्ता बोलाए। अहिले परिवारका सबै सदस्य स्वदेशमै कृषि तथा व्यवसायमा सक्रिय छन्।

उनको परिवारमा हजुर बुबा – हजुर आमा , बुबा आमा, श्रीमती , भाई ,बुहारि तथा २ भाइ का एक एक छोरा गरि १० जना सदस्य रहेका छन् । सबै मिलेर एग्रोभेट ब्यबसाय , तरकारी तथा दूध उत्पादन बिक्री गरेर राम्रो मुनाफा लिई रहेका छन् ।

उनको व्यवसायले स्थानीयस्तरमै ३-४ जनालाई रोजगारीसमेत दिएका छन् । करोडौं रुपैयाँको वार्षिक कारोबार गर्ने उनी पशु व्यवसायसँगै विभिन्न सामाजिक संघसंस्थामा पनि क्रियाशील छन्।

उनी हाल सन्धिखर्क नगरपालिका पशु विकास शाखामा पशु स्वास्थ्य प्राविधिकका रूपमा कार्यरत छन्। साथै, लायन्स क्लब अफ अर्घाखाँचीका सचिव, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ अर्घाखाँचीका अध्यक्ष, नियमित रक्तदाता संघ, अर्घाखाँची ब्यापार संघ ,नेपाल हृदय रोग निवारण प्रतिष्ठान अर्घाखाँची ,लगायतका संस्थामा सक्रिय छन्। उनी नेपाल बीउ व्यवसायी संघका जिल्ला सचिव, लुम्बिनी प्रदेश इन्चार्ज तथा केन्द्रीय सदस्य समेत रहेका छन् ।

उनको मुख्य लक्ष्य अबोध पशुको सेवा गर्नु मात्र होइन, बाझो जग्गा, भिरपाखा चिन्नु र त्यसमा सम्भावनाको खोजी गर्नु हो। जिल्लामै सक्रिय युवाहरूलाई संगठित गर्दै सामूहिक रुपमा काम गराउने उनको सोच छ। रोजगारी सिर्जना गर्ने योजनामा उनी निरन्तर छन्।

कृषि, पशुपालन र व्यवसायलाई नवीन ढंगले अघि बढाउँदै स्वदेशमै सम्भावना खोज्ने यी युवा व्यवसायी वास्तवमै ‘देशकै सम्भावना’ बनेका छन्। उनीजस्ता युवाहरूले विदेशतिर रोजगार खोज्न बाध्य युवाहरूका लागि प्रेरणा दिनेछन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?