तीन दलका शीर्ष नेताको बैठक सुरु

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरु भएको छ।

सिंहदरबारमा सुरु भएको बैठकमा  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्। संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउने तयारी स्वरूप बसेको बैठकमा अरु नेतालाई पनि राखिएको छ।

एमाले नेतासमेत रहेका प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल, कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रबाट शक्ति बस्नेत र खिमलाल देवकोटा सहभागी छन्।

बैठकमा संक्रमणकालीन न्याय टुंग्याउनका लागि छलफल अघि बढाउने तयारी छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक गत भदौमै राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि आयोगमा पदाधिकारी चयन हुन सकेको छैन ।

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी चयनका लागि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समिति काम पूरा नगरी विघटन भएकाले नयाँ समिति बनाउनुपर्ने छ। त्यो समितिले आयोगका पदाधिकारी सिफारिस गरेपछि त्यसलाई सरकारले नियुक्ति प्रक्रिया अगाडि बढाउँछ।

आयोग बनिसकेपछि आयोगले विभिन्न समिति, उपसमितिको संयन्त्र बनाउने कानुनी व्यवस्था छ।  मिश्र नेतृत्वको सिफारिस समितिलाई ६० दिनको समयसीमा दिइएको थियो ।

दुवै आयोगका पदाधिकारीका लागि समितिमा १५८ जनाको आवेदन परेकोमा अध्यक्षका लागि आठ जना र सदस्यका लागि ३२ जना सर्ट लिस्टमा थिए । तर, दुवै आयोगमा पदाधिकारी सिफारिस गर्न गठित समिति सिफारिस नगरी गत पुसमा विघटन भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?