देश गम्भीर संकटमा, अब क्रान्तिकारी एकता आवश्यक : नेता वली

अर्घाखाँची । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा अभियान टोली नं. ४ का प्रमुख हेमन्त प्रकाश वली ‘सुर्देशन’ले देश गम्भीर संकटमा फसेको बताएका छन्।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकामा आयोजित जनसम्बन्ध विस्तार अभियान कार्यक्रममा सम्बोधन गर्दै नेता वलीले देशको अर्थतन्त्र दलाल र पुँजीपतिहरूको कब्जामा पुगेको बताए। “देशको अर्थतन्त्र कब्जामा परेपछि जनता झनै गरिबीको चक्रमा फसेका छन्,” वलीले भने, “वित्तीय संस्था, मिटरव्याजजस्ता नयाँ रुपका साहुहरूले जनतालाई उठिबास बनाइरहेका छन्।”

उनले वर्तमान दलाल सरकारकै कारण राजावादी शक्तिहरू पुनः सल्बलिएको टिप्पणी गर्दै भने, “एक पटक जनताले रिजेक्ट गरेको राजसंस्था फेरि सल्बलाउनु भनेको दलाल सरकारको उपज हो।”

कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य धनिश्वर पोखरेल, प्रेम सुवेदी, श्याम बी बोहोरा, लाल बी जाग्री, कृष्ण केसी, नरेन्द्र थापा, केन्द्रीय सदस्यहरू हुकुम खड्का, नवीन खड्का, दिनेश थापा, राजेन्द्र नेपाली लगायतले पनि मन्तव्य राखेका थिए।

उनीहरूले पार्टीले जनताको पक्षमा जनजागरण अभियान सञ्चालन गरी छरिएर रहेका क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गर्दै पार्टी संगठन सुदृढ पार्ने रणनीतिमा अघि बढेको बताएका छन्।

पार्टीले एकता महाधिवेशनबाट पारित विचारधारात्मक राजनीतिक कार्यदिशालाई जनताबीच पुर्‍याउने उद्देश्यले देशव्यापी अभियान सञ्चालन गरिरहेको जनाएको छ।

बैतडीको झुलाघाटबाट चैत ४ गतेदेखि सुरु गरिएको अभियान टोली विभिन्न जिल्लामा कार्यक्रम गर्दै हिजो अर्घाखाँची पुगेको हो। पार्टीका अनुसार यो अभियान वैशाख १८ गतेसम्म चल्नेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?