back to top
IPL 2025
IPL 2024
११ बैशाख २०८२, बिहिबार
११ बैशाख २०८२, बिहिबार
IPL 2025
spot_img

देश गम्भीर संकटमा, अब क्रान्तिकारी एकता आवश्यक : नेता वली

spot_img

अर्घाखाँची । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा अभियान टोली नं. ४ का प्रमुख हेमन्त प्रकाश वली ‘सुर्देशन’ले देश गम्भीर संकटमा फसेको बताएका छन्।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकामा आयोजित जनसम्बन्ध विस्तार अभियान कार्यक्रममा सम्बोधन गर्दै नेता वलीले देशको अर्थतन्त्र दलाल र पुँजीपतिहरूको कब्जामा पुगेको बताए। “देशको अर्थतन्त्र कब्जामा परेपछि जनता झनै गरिबीको चक्रमा फसेका छन्,” वलीले भने, “वित्तीय संस्था, मिटरव्याजजस्ता नयाँ रुपका साहुहरूले जनतालाई उठिबास बनाइरहेका छन्।”

उनले वर्तमान दलाल सरकारकै कारण राजावादी शक्तिहरू पुनः सल्बलिएको टिप्पणी गर्दै भने, “एक पटक जनताले रिजेक्ट गरेको राजसंस्था फेरि सल्बलाउनु भनेको दलाल सरकारको उपज हो।”

कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य धनिश्वर पोखरेल, प्रेम सुवेदी, श्याम बी बोहोरा, लाल बी जाग्री, कृष्ण केसी, नरेन्द्र थापा, केन्द्रीय सदस्यहरू हुकुम खड्का, नवीन खड्का, दिनेश थापा, राजेन्द्र नेपाली लगायतले पनि मन्तव्य राखेका थिए।

उनीहरूले पार्टीले जनताको पक्षमा जनजागरण अभियान सञ्चालन गरी छरिएर रहेका क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गर्दै पार्टी संगठन सुदृढ पार्ने रणनीतिमा अघि बढेको बताएका छन्।

पार्टीले एकता महाधिवेशनबाट पारित विचारधारात्मक राजनीतिक कार्यदिशालाई जनताबीच पुर्‍याउने उद्देश्यले देशव्यापी अभियान सञ्चालन गरिरहेको जनाएको छ।

बैतडीको झुलाघाटबाट चैत ४ गतेदेखि सुरु गरिएको अभियान टोली विभिन्न जिल्लामा कार्यक्रम गर्दै हिजो अर्घाखाँची पुगेको हो। पार्टीका अनुसार यो अभियान वैशाख १८ गतेसम्म चल्नेछ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?