बुवा – कविता

धेरै पढेँ आमाका दुखका कथाहरु
लेखे पनि गित कविताहरु
छातिमा टाँसियो आमाकै तस्बिर
पुजा गरियो आमको नाउँमा
तर अचम्मको छ यो दुनियाँ
भ्रमामा बाँचेको छ समाज
आमालाई धर्ती मान्ने मन
बुढा बालाई कहिल्यै आकास भनेन।
आमाको न्यानो काखमा लुटपुट पर्नेले
बुझ्न सकेन बा, को षंघर्ष
देखिएनन फुटेका खुट्टामा चप्पल
हराए हजुरको फाटेको कोट ,, ।।।

सताएँ सारैनै
दुख दिएँ अतिनै
लुगा फाट्दा रोइदिएँ
स्कुल फि माग्दा झगडा गर्दिएँ
भोक लाग्दा चिच्याइदिएँ
बुझिन उतिबेला बा, को षंघर्ष ।

समय बदलियो उमेर बढ्यो
जवानी चढ्यो ब्याबहरले कोल्टे फेर्यो
बुझ्दै गएँ ती हजुरको संघर्ष र त्यागहरु
परिवारको लागि घर त्यागेको
मेरो लागि दुख भोगेको
रिणमा चुर्मुम्म डुबेको।
भुल्ने छैन बा
हजुरले देखाएको बाटो
बिर्सने छैन म माथि देखिएका सपनाहरु।
निरन्तर लाग्नेछु जिवनका कठिन यात्राहरु,।।।

कुटो, कोदालो र हँसिया समाउने तपाइको हातले
मलाइ कलम चलाउन सिकाउनु भयो।
संघर्षको मैदानमा उतार्नु भयो
जीवनलाई सार्थकता दिलाउनुभयो ।
सपनाका पोकाहरू फुकाउँदै
जिन्दगीको मैदानमा
हजुरले सिकाएको
जीवन र संघर्षलाई आत्मसात गर्दै
जितको लागि युद्ध लढ्दैछु ।।

बुवा,
भुलेको छैन,
मेरो अगाडि खुसिको नाटक गरेर
पर्दापछाडि रोईरहेको हजुरको तस्बिर
सम्झिरहेको छु मेरो खुसिमा रमाएको ।
देखेका सपना साकार पार्नेछु
चुकाउने छैन,
हजुरले लगाएको निसाना
सपनाको तिरले धोस्त पार्ने छु ।
अधेरीमा जुनकेरी भन्नेछु
सुत्दा बिस्तारा बन्नेछु
भोकमा भोजन बन्नेछु
बुढेसकालमा लाठिको साहरा बन्नेछु
अल्मलिने छैन कतै।
लागोस आझै तपाइको आशीर्वाद
अझै मिलोस मलाइ हजुरको साथ
एउटा सानो घर बनाउन सकु,
आफ्नो छुट्टै पहिचान बनाउन सकु,
दुख पिडामा रोमलीएको
परिवारको मुहारमा खुसि छर्न सकु,
जीवन हजुरको जस्तै
संघर्षमय बनाउन सकु,।।

बुवा
अप्ठ्यारोमा आत्मबल थपिदिनु
निराशालाई मनबाट,पन्छाइदिनु,
बिपत्तिमा काध सधै,थापिदिनु
दोबाटोमा बाटोहरु,चिनाइदिनु
दोधारमा अल्मलिदा भनिदिनु
अद्रिश्यमै मलाई,हेरिरहनु,
प्रेरणा दिनु आशिर्वाद दिनु
सफलतामा टाढैबाट,हाँसिदिनु
गलत गर्दा खबरदारी गरिदिनु
सधै यस्तै साथ र माया
हौसला दिइराख्नु बुव
बुवा ।

  • कमल घिमिरे
    अर्घाखाँची
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?