झापा- ५ मा एमालेबाट ओलीको एकल नाम सिफारिस

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट सर्वसम्मत सिफारिस भएका छन् ।

मंसिर ४ हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमाले अध्यक्ष ओलीको एकल नाम सर्वसम्मत सिफारिस गरिएको एमालेका क्षेत्रीय संयोजक तुलसी कार्कीले जानकारी दिए । दमक पार्टी कार्यालयमा सोमबार बसेको क्षेत्रीय कमिटीको बैठकले ओलीको नाम सिफारिस गर्ने निर्णय गरेको उनले बताए ।

एमालेले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका ओली सातौं पटक झापा ५ बाट उठ्न लागेका हुन् । २०४८ सालको संसदीय निर्वाचनमा पहिलो पटक उम्मेदवार बनेका ओलीले नेपाली कांग्रेसका पूर्णानन्द शर्मालाई पराजित गर्दै संसद्मा पुगेका थिए ।

२०५१ सालको संसदीय निर्वाचनमा ओली फेरि निर्वाचित भए । उनले कांग्रेसका केशवकुमार बुढाथोकीलाई पराजित गरेका थिए ।

 २०५६ सालको संसदीय निर्वाचनमा ओली तेस्रो पटक निर्वाचित भए । उनले कांग्रेसका काशीलाल ताजपुरियालाई पराजित गरे । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा ओली पहिलो पटक पराजित भए । उनलाई नेकपा माओवादीका विश्वदिप लिङदेनले पराजित गरे । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा ओली फेरि निर्वाचित भए ।

उनले कांग्रेसका सुरेशकुमार योङगयालाई पराजित गरे । २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओली पाँचौँ पटक निर्वाचित भए । उनले कांग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गरे । २०७४ सालमा एमालेले झापामा राप्रपासँग चुनावी तालमेल गरेका  थिए । आसन्न मंसीर ४ गते हुने निर्वाचनमा राप्रपासँग चुनावी तालमेल गर्ने बारेमा अहिले दुवै पार्टीबीच छलफल जारी रहेको बताइएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?