संसद्का दुवै सदनको बैठक आज

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक शुक्रबार बस्दैछ।

प्रतिनिधिसभाको कार्यकाल सकिन लाग्दा केही प्रतिवेदन प्रस्तुत गर्ने मात्रै कार्यसूची छ। बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा आज प्रतिनिधिसभामा उत्पति भएको विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबल गरिनेछ।

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ छन्। यस्तै बैठकमा सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट ‘न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७\०७८’ पेश गर्ने कार्यसूची छ।

राष्ट्रियसभाको बैठक पनि दिउँसो १ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट निर्वाचन आयोग, राष्ट्रिय महिला आयोग र राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदन पेश हुनेछ।

यस्तै सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको बार्षिक प्रतिवेदन पनि पेश गरिने संसद सचिवालयले जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?