नेपालमै बस्छु, सेवा गर्छु

जीवनका विभिन्न मोडमा उनले विदेश जाने अवसर पाए, आकर्षक तलबका प्रस्ताव पनि आए, तर उनले नेपाल नछोड्ने निर्णय गरे। हालसम्म उनले पासपोर्टसमेत बनाएका छैनन्।

“नेपालमै बस्छु, सेवा गर्छु” – काशिनाथ बन्जाडे केशबको यो भनाइ उनका बाल्यकालका सपना मात्र होइनन्, उनले अपनाएको जीवनशैलीको प्रतिबिम्ब हो। २०४२ मंसिर १४ गते बुबा ठाकुर प्रसाद बन्जाडे र आमा मनकला बन्जाडेका दोस्रो सन्तानका रुपमा जन्मिएका थिए बञ्जाडे । बाल्यकालमै आमाको माया गुमाएका उनी सानैदेखि संघर्षशील थिए। तीन वर्षको उमेरमा आमा गुमाएपछि उनका लागि जीवन सहज रहेन। बाबु ठाकुरप्रसाद बन्जाडे भारतीय सेनामा कार्यरत थिए, आमाको निधनपछि उनले काशिनाथलाई गाउँ ल्याए।

सानैदेखि उनले गाउँको दुःख देखेका थिए। स्वास्थ्य सेवाको अभावले गाउँका बिरामीहरू सिटामोल नपाएरै अकालमा ज्यान गुमाउने अवस्था थियो। यही कारणले उनलाई बाल्यकालदेखि नै स्वास्थ्य सेवामा केही गर्ने सोच आयो।

२०५८ सालमा एसएलसी दिएपछि उनी आमा गुमाएको र बाबु भएको ठाउँ भारत गए । एक महिना बसेर गाउँ फर्किए, तर एसएलसीमा उनी असफल भए। पुनः परीक्षा दिएर उत्तीर्ण भएपछि उनले पाल्पाबाट २०६१ सालमा सीएमए पास गरे। त्यसपछि गाउँलेहरूले उनलाई गाउँमै स्वास्थ्य सेवा दिन प्रेरित गरे।

तत्कालिन लुम्बिनी अञ्चल अस्पतालमा ६ महिना काम गरेर अनुभव बटुलेपछि २०६२ सालमा हर्राबोटमा मेडिकल खोलेर गाउँमै स्वास्थ्य सेवा दिन थाले। खिदिम स्वास्थ्य चौकी र नरपानी स्वास्थ्य चौकीमा गरी करिब ६ वर्ष सेवा दिए। साथै, दुई वर्ष मल्लरानी ग्रामीण विकास केन्द्रमा काम गरे।

२०६८ सालमा उनले नेपाल राष्ट्रिय मावि पणेनाबाट स्वास्थ्य शिक्षा विषयमा कक्षा १२ पास गरे। जीवनका विभिन्न मोडमा उनले विदेश जाने अवसर पाए, आकर्षक तलबका प्रस्ताव पनि आए, तर उनले नेपाल नछोड्ने निर्णय गरे। हालसम्म उनले पासपोर्टसमेत बनाएका छैनन्।

उनी भन्छन्, “गाउँमै बसेर सेवा गर्ने अवसर छ भने किन विदेश जाने ? मैले थुप्रै बिरामीलाई सहयोग गरे, उनीहरूको आशिर्वाद पाए। यो नै मेरो सन्तुष्टि हो।”

विवाहपछि पनि उनले यही प्रतिबद्धता कायम राखे। २०६८ सालमा धातिवाङ्गकी सरिता पौडेलसँग विवाह गरेपछि दुई सन्तानका पिता भए। अहिले उनी पोखराथोकमा मेडिकल सञ्चालन गरेर गाउँलेहरूलाई सेवा दिइरहेका छन्।

काशिनाथ बन्जाडे जस्ता युवाहरूले गाउँमै बसेर स्वास्थ्य सेवा जस्ता आधारभूत आवश्यकताहरू पूरा गरिरहेका छन्। हजारौँले बिदेसिन बाध्य भइरहेको अवस्थामा उनले नेपालमै सम्भावना देखे। उनको यो यात्राले धेरैलाई प्रेरणा दिन सक्छ।

नेपाललाई सक्षम जनशक्ति चाहिएको छ, र काशिनाथ जस्तै ‘फेस’ हरू देशभित्रै रहेर समाज परिवर्तनका संवाहक बन्दै गएका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?