अपांगता भए पनि मनोबलमा छैन कुनै कमी

शारीरिक रूपमा अपांगता भए पनि उनी कुनै कुरामा पछि परेनन्। समाजसेवामा सक्रिय उनले अपांगहरूलाई पनि आत्मनिर्भर बन्न प्रेरित गरिरहेका छन्।

पाणिनी गाउँपालिकाका एक युवा, जसले जीवनका अनेक संघर्षहरूलाई पार गर्दै आफूलाई समाजका लागि प्रेरणाको स्रोत बनाएका छन्। उनी हुन् सौर्यनारायण न्यौपाने—हेर्दा अपांगता भए पनि मनोबलमा कुनै कमी छैन। समाजले अपांगताको चश्माले हेरे पनि उनले आफैंलाई कहिल्यै अपांग ठानेनन्।

बि.स. २०४७ साल बैशाख २३ गते पाणिनी गाउँपालिकाको वडा नम्बर ४, पटौटीमा जन्मिएका सौर्यनारायण मध्यम वर्गीय परिवारका कान्छा छोरा हुन्। बाल्यकालदेखि नै खेलकुदमा रुचि राख्ने उनी भलिबल खेल्न, भजन गाउन, र बाजा बजाउन सिपालु थिए।

२०६५ सालमा एसएलसी पास गरेपछि उनले पनि धेरै युवाजस्तै विदेश जाने योजना बनाए। उनका दाइ विदेशमा थिए, तर त्यहाँको कठिनाइ सुनेपछि उनको मन परिवर्तन भयो। काठमाडौं आएर होटलमा काम थाले, तर न्यून पारिश्रमिक र कठिन श्रमका कारण केही महिनामै घर फर्कने निर्णय लिए।

विदेश नगई आफ्नो देशमै केही गर्नुपर्छ भन्ने सोच राख्दै २०६७ सालमा उनी चितवन गएर हाउस वाइरिङ सिके। केही समयपछि गाउँमै विद्युतीकरणको काम सुरु भएपछि उनले आफ्नै ठाउँमा इलेक्ट्रिकल व्यवसाय थाले। साथीहरूसँग मिलेर केबल टिभी जडानसमेत गरे। उनको काम फस्टाउँदै गयो, जिन्दगी सहज बन्दै थियो, तर २०६९ साल भदौ २३ गते उनको जीवनमा एउटा ठुलो दुर्घटना आयो।

त्यस दिन, गाउँको बिजुली लाइन बिग्रिएको खबर आयो। स्थानीयले उनलाई मर्मतका लागि बोलाए। पोलमा चढेर तार मर्मत गर्ने क्रममा अचानक करेण्ट लागेर उनी पोलबाट खसे। आधा शरीर जलेको अवस्थामा उनी अचेत भए। उनलाई तत्कालै पाल्पाको मिसन अस्पताल पुर्‍याइयो, त्यसपछि काठमाडौंको टिचिङ अस्पतालमा रिफर गरियो।

सर्जरीको क्रममा उनको एउटा हात पूर्ण रूपमा हटाउनु पर्यो, बाँकी रहेको हातका तीन औँलामात्रै बच्न सके। अस्पतालमा ७५ दिन बिताएपछि उनी गाउँ फर्किए। गाउलेहरू भेट्न आए, हौसला दिए। उनले सोचे, “मैले मान्छे कमाएको रहेछु, म बाँच्नुपर्छ।” यही आत्मबलले उनले पुनः जीवनमा संघर्ष गर्न थाले।

२०७२ सालमा उनले सपना न्यौपानेसँग विवाह गरे। श्रीमतीको साथमा उनले २०७४ सालमा गाउँमै कुखुरा फार्म सञ्चालन गरे। व्यवसाय राम्रो हुँदै गयो, पोल्ट्रीसँगै गाई पालनसमेत सुरु गरे। अहिले उनी स्वदेशमै राम्रो आम्दानी गरिरहेका छन्।

शारीरिक रूपमा अपांगता भए पनि उनी कुनै कुरामा पछि परेनन्। समाजसेवामा सक्रिय उनले अपांगहरूलाई पनि आत्मनिर्भर बन्न प्रेरित गरिरहेका छन्। सौर्यनारायण भन्छन्, “नेपालमै सम्भावना छ, हिम्मत र इमान्दारिताले केही गर्न सकिन्छ।”

उनको यो संघर्षशील यात्राले धेरै युवाहरूलाई सिकाइ दिएको छ—हिम्मत, आत्मनिर्भरता, र मेहनतले जस्तोसुकै परिस्थितिलाई पनि जित्न सकिन्छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?