कृषि सँगसँगै निर्माण व्यवसाय

कृषिकर्ममा कहिलेकाहीं असफलताका तिता अनुभवहरू पनि भए, तर उनले गाउँ छाड्ने सोच कहिल्यै राखेनन्। विदेशको मोह नलाग्नु उनको विशेषता हो।

पाणिनी गाउँपालिका–२, पोखराथोकका राधाकृष्ण गौतम मेहनती किसान र सफल उद्यमी हुन्। २०५३ साल असोज १९ गते जन्मिएका उनी लीलामणि गौतम र शान्तिदेवी गौतमका कान्छा सन्तान हुन्। उनका बुबा भारतीय सेनाका पूर्वसैनिक (लाहुरे) थिए। बाल्यकाल आर्थिक अभावबिनै बित्यो, अभिभावकले कुनै कमी हुन दिएनन्।

गाउँकै हरिहर माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिएका गौतमले रामनगर माविबाट २०७० सालमा एसएलसी उत्तीर्ण गरे। उनी बाल्यकालदेखि नै अरूको लागि काम गर्नेभन्दा आफ्नै केही गर्छु भन्ने सोच राख्थे। तर २०६९ सालमा बुबाको निधनले उनको जीवनमा ठूलो धक्का पुग्यो।

२०७१ सालमा काठमाडौं गइ उनले हाउजिङको काम थाले। तर केही समयपछि बुटवल फर्किएर २०७३ सालदेखि गाडी खरिद(बिक्री व्यवसायमा लागे। २०७४ सालको निर्वाचनपछि भने गाउँमै फर्कने निर्णय गरे। गाउँमै बसेर आलु, टमाटर, सुन्तला खेती सुरु गरे, साथै कन्स्ट्रक्सन व्यवसाय पनि सञ्चालन गर्न थाले।

गौतमको बारीमा हाल ३०० बोट सुन्तला छन्। यस वर्ष मात्रै उनले दुई लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरे। कृषिकर्ममा कहिलेकाहीं असफलताका तिता अनुभवहरू पनि भए, तर उनले गाउँ छाड्ने सोच कहिल्यै राखेनन्। विदेशको मोह नलाग्नु उनको विशेषता हो। उनी भन्छन्, “गाउँ खाली हुँदै गएको देख्दा मन दुख्छ। सबै यहीँ बस्न सम्भव नहुन सक्छ, तर विदेशमा गएर मात्र सबै सम्भव हुन्छ भन्ने पनि होइन।”

उनले कृषि र निर्माण व्यवसायलाई सँगसँगै अगाडि बढाइरहेका छन्। अहिले उनको स्वामित्वमा दुईवटा व्ऋद्य, एउटा ट्रक र एउटा ट्र्याक्टर छन्। उनले निर्माण क्षेत्रमा ठेक्काको काम समेत गरिरहेका छन्।

२०७६ सालमा कपिलवस्तुकी सम्झना ढकालसँग विवाह गरेका गौतम अहिले श्रीमती, दुई सन्तान र आमासँगै बस्छन्। लगातारको मेहनतले उनलाई गाउँमा नै सफल किसान र उदाहरणीय उद्यमी बनाएको छ।

गौतम जस्ता युवाहरू विदेश जानेभन्दा आफ्नै देशमा संघर्ष गरेर केही गर्न सक्छन् भन्ने प्रमाण हुन्। मेहनत गर्ने हो भने आफ्नै ठाउँमा पनि अवसरहरू प्रसस्त छन् भन्ने सन्देश उनले दिएका छन्। उनी देश नछोडेका ‘फेस’ हुन्, जो गाउँमै बसेर सफलताको कथा लेखिरहेका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?