व्यवसाय छोडि शिक्षक र संचारकर्म

विदेशमा अवसर र पैसा पाइए पनि स्नेह र आत्मीयता पाइँदैन भन्ने उनको मान्यता अझै यथावत् छ। उनको सङ्कल्प छ— “देशमै केही गरौँ, समाज बदलौँ, र आफ्नै भूमिमा आत्मसन्तुष्टि खोजौँ।

नेपाल छोडेर वैदेशिक रोजगारी वा बसाइसराइ रोज्ने युवाहरूको लहरबीच पनि कतिपय व्यक्ति यस्ता छन्, जसले आफ्नै भूमिमा सङ्घर्ष गरेर केही गर्ने सङ्कल्प लिएका छन्। यस्तै उदाहरणीय पात्र हुन् माधव बेल्बासे। २०४२ फाल्गुण १२ गते पिता तेजनारायण बेल्बासे र माता किरणकला बेल्बासेको कोखबाट दोस्रो सन्तानको रुपमा जन्मिएका माधव बेल्बासे आजसम्म देश नछाड्ने व्यक्ति मध्ये पर्दछन् ।

स्थानीय जनसेवा माध्यमिक विद्यालय तत्कालीन जनसेवा प्राथमिक विद्यालयबाट आफ्नो शिक्षा आरम्भ गरेका बेल्बासेले निम्न माध्यमिक तहको अध्ययन भगवती आधारभुत विद्यालयबाट पुरा गरेका थिए । धातिवाङ माध्यमिक विद्यालयबाट माध्यमिक तहको शिक्षा दोस्रो श्रेणीमा पुरा बेल्बासेले स्नातक तहसम्मको शिक्षा हासिल गरेका छन । बुटवलको सिद्धार्थ गौतम वुद्ध क्याम्पस, महेन्द्ररत्न क्याम्पस ताहाचल र पाणिनि बहुमुखी क्याम्पस सन्धिखर्क उनले अध्ययन गरेका शिक्षालयहरू हुन ।

चकचके स्वभावका उनी सानैदेखि बोल्न अधिक रुचाउँथे ।  आफूलाई राजनीतिमा या व्यापारमा सम्भावना देखेका बेल्बासे देशको राजनैतिक वितृष्णाको एक जिउँदो उदाहरण हुन । नेपाल विद्यार्थी सँघ को ताहाचल मूल इकाई कमिटीको उपसभापति सम्म बनेर राजनीतिमा जाने आट गरेका उनले आर्थिक अभाव र पारिवारिक समस्याकै कारण राजनीति आफूहरूका लागि नभएको निष्कर्ष २०६३ सालबाटै निकालेका थिए । तत्कालीन समयमै युद्धकालीन लेख, रचना सहित पत्रकारितामा केही गर्ने सोचेका उनले बाँके जिल्लामा रहेको रेडियो बागेश्वरीबाट आफ्नो सञ्चारकर्मको शुरु गरेका हुन ।

२०६२ ०६३ को जनआन्दोलनमा काठमाण्डौमा रहेर सक्रिय सहभागिता जनाउदै प्रहरी दमनको शिकार समेत भएका बेल्बासेले तत्कालीन नेतृत्वको गरेको अवमूल्यनलाई जीवनको मोड परिवर्तनको सुरुवातको रुपमा व्याख्या गर्ने गर्दछन् ।

ब्यापार सँगै अध्ययनलाई जोडिरहेका उनले २०६४ साल असार असार १६ गते गोमा पौडेल सँग वैवाहिक सम्बन्धमा बाँधिएका हुन । तत्कालीन राजनैतिक आक्रमणकै कारण पुन काठमाडौँ देखि अर्घाखाँची नै फर्कने निर्णय गर्दै आफूलाई सामाजिक रुपमा एक हुतिहाराको उपनाम दिन वाध्य भएको बताउने बेल्बासेले २०६४ साल मंसिर १६ गतेबाट पाणिनि ७ मा रहेको भगवती आधारभुत विद्यालयमा अध्यापन गराउन थाले । आफ्नो रुचि नभएको र राजनैतिक दाउपेचका विच आफूलाई प्रयोग गरिने ठानेर उनले मात्र २७ दिन अध्यापन गराएर पौष १३ गते फेरि काठमाडौँ फर्किए । ब्यापारलाई निरन्तरता दिने सोचमा रहेका बेल्बासेको जिवन उनले सोचेजस्तो चल्न सकेन र फेरि २०६६ सालमा अर्घाखाँची नै फर्कने निर्णय गरेर बैशाख २७ गते आफ्नो पुर्खौलि घर फर्किए । त्यसपछि जेठ ३ गतेबाट आफ्नो शिक्षा प्रारम्भ गरेको तत्कालीन जनसेवा निम्न माध्यमिक विद्यालयमा नि.मा.वि. शिक्षकको रुपमा ४ हजार २०० तलव पाउनेगरि अंग्रेजी शिक्षकको रुपमा अध्यापन गराउन थाले ।

२०६४ सालमा गुल्मीमा रहेको रुरु एफ.एम. मा संवाददाताको रुपमा समेत काम शुरु गरेका बेल्बासेले अध्यापन सँगै बचेको समय समाचार लेखन र संकलनलाई समेत प्राथमिकतामा राखेर निरँतर कर्ममा लागिरहेका थिए । २०६६ सालको माघबाट सोहि विद्यालयमै राहत शिक्षकको रुपमा नियुत्ति लिएर हालसम्म अनवरत अध्यापन गरेका उनी भाषणकलामा अझैपनि रुचि राख्ने गर्दछन् ।

अष्ट्रेलिया र जापान जान अनि पटक पटक डिभि भर्न साथिहरुबाट अनुरोध गर्दा समेत नमानेका उनी विदेशि भुमि बाध्यताको गन्तब्य मात्र भएको बताउने गर्दछन् । नेपालमा पनि सम्भावना प्रशस्त छन भन्ने कुरामा विश्वास गरेका बेल्बासेको परिवारमा २०७२ सालमा आमाको अल्पायुको स्वर्गाहरणले भने गतिसिलतामा ह्रास पैदा गर्यो ।  पटक पटक बैदेसिक रोजगारिका लागि राम्रा अवसर त्यागेका बेल्बासे यहाँको सम्वन्ध र स्नेह विदेशमा किन्न पनि नपाईने बताउने गरेका छन् ।

पछिल्लो समय ग्रामिण सञ्चारको विकाशलाई पनि आत्मसाथ गर्दै ब्यस्त बनाउन उनी तल्लिन रहेका छन् । अहिले पनि उनी आफूलाई विदेश जाने कुनै रुचि नभएको बताउने बेल्बासे बिदेशमा पैसा भएपनि सम्वन्ध र माया नहुने भन्दै पैसा मात्र आवस्यकता परिपुर्तिको साधन भएको तर सबथोक नभएको बताउछन् । विदेशमा अवसर र पैसा पाइए पनि स्नेह र आत्मीयता पाइँदैन भन्ने उनको मान्यता अझै यथावत् छ। उनको सङ्कल्प छ— “देशमै केही गरौँ, समाज बदलौँ, र आफ्नै भूमिमा आत्मसन्तुष्टि खोजौँ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?